ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छः सिंह

२०७७ माघ १९ गते, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रको बाटोमा लागेको बताएका छन् ।
सोमबार पार्टीका १३ भ्रातृसंस्थाले काठमाडौँमा आयोजना गरेको विरोध सभामा नेता सिंहले प्रतिनिधि सभामा विश्‍वासको मत लिने आँट नगरेर हठातमा विघटन गरी ओलीले पूर्वराजा ज्ञानेन्द्रको बाटोमा अगाडि बढिरहेको बताए ।
सिंहले आमनेपाली जनताले सडकबाट दबाब दिएपछि ओलीको होस खुल्ने बताए । ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ, ’ सिंहले भने । राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिले ओलीको कदमलाई पनि सच्याउने विश्‍वासमा आफू रहेको उनले बताए ।
ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावनाविपरीत संविधान कुल्चेर प्रतिनिधि सभा विघटन गरेको नेता सिंहले बताए । ओलीले संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै सिंहले संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिड्न गलत भएको बताए । प्रतिनिधि सभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको ललिपप देखाएको बताए । ओलीले आफू तानाशाह बन्‍न प्रतिनिधि सभा भंग गरेको उनको भनाइ छ ।

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal