ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छः सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रको बाटोमा लागेको बताएका छन् ।
सोमबार पार्टीका १३ भ्रातृसंस्थाले काठमाडौँमा आयोजना गरेको विरोध सभामा नेता सिंहले प्रतिनिधि सभामा विश्वासको मत लिने आँट नगरेर हठातमा विघटन गरी ओलीले पूर्वराजा ज्ञानेन्द्रको बाटोमा अगाडि बढिरहेको बताए ।
सिंहले आमनेपाली जनताले सडकबाट दबाब दिएपछि ओलीको होस खुल्ने बताए । ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ, ’ सिंहले भने । राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिले ओलीको कदमलाई पनि सच्याउने विश्वासमा आफू रहेको उनले बताए ।
ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावनाविपरीत संविधान कुल्चेर प्रतिनिधि सभा विघटन गरेको नेता सिंहले बताए । ओलीले संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै सिंहले संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिड्न गलत भएको बताए । प्रतिनिधि सभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको ललिपप देखाएको बताए । ओलीले आफू तानाशाह बन्न प्रतिनिधि सभा भंग गरेको उनको भनाइ छ ।
ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
शिक्षक आन्दोलन आज पनि जारी रहने
२०८२ बैशाख १६ गते, मंगलवार
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
२०८२ बैशाख १६ गते, मंगलवार
सुरु भयो जानकी जन्मोत्सव
२०८२ बैशाख १६ गते, मंगलवार
वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक
२०८२ बैशाख १६ गते, मंगलवार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार