चुनावको मिति एक दिन पनि पर सर्दैनः प्रधानमन्त्री ओली

२०७७ माघ १९ गते, सोमबार

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको मिति एक दिन पनि पर नसर्ने बताएका छन्। घोषित मितिमै निर्वाचन हुने भन्दै उनले सबैलाई निर्वाचनमा जुट्न आह्वानसमेत गरे ।
उनले भने, ‘तपाईंहरू चुनावको तयारीमा लाग्नुस्, मिति एक दिन पनि तलमाथि हुँदैन, पछाडि धकेलिँदैन ।’
सोमबार धनुषाको ढल्केवरमा विद्युत सवस्टेसन क्रममा उद्घाटन गर्दै उनले नेकपाको दुई पक्षबीचको विवादलाई लिएर प्रधानमन्त्री ओलीले चारपाँच सय जना अर्कोतिर जाँदैमा खासै फरक नपर्ने बताए । उनले आफूलाई छोडेर गएकाहरुले पार्टीभित्र विगतमा उपद्रो मच्चाएको आरोपसमेत लगाए । उनीहरुले पार्टीमा रहँदा सरकारको खुट्टा तान्नु बाहेक केही काम नगरेको प्रधानमन्त्रीको आरोप थियो ।
त्यसैगरी, प्रधानमन्त्री ओलीले आफ्नै पालामा मधेस र देशमा विकास हुनुमा संयोग नै रहेको बताए । उनले मधेसको विकास द्रुतगतिमा हुने दावीसमेत गरे । उनले भने, ‘मधेस र देशको विकासको लागि संकल्प लिएर अगाडि बढेको छु ।’
आफूलाई मधेस विरोधीको रुपमा चित्रित गर्न मधेसवादी भनाउदाँहरुले हल्ला फैलाइरहेको भन्दै उनले त्यस्ता हल्लाबाट विचलित नभई आफू मधेसको विकासमा अठोटका साथ अघि बढ्ने बताए ।
मुलुककै सबैभन्दा बढी क्षमता भएको विद्युतीय सवस्टेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू मधेसको विकास र समृद्धिको पक्षमा रहेको दावी गरे । उनले भने, ‘केपी ओलीलाई मधेसविरोधीको रुपमा यहाँ चित्रण गरिएको छ, मलाई मधेसविरोधी भन्नेहरुलाई चुनौती दिन्छु, मैले जति गरेको विकास मधेसमा कसैले गरेर देखाओस् ।’
आफूलाई मधेस विरोधी भन्ने नेताहरुलाई उनले डुम, चमार, खत्वेका बालबालिकालाई काँधमा उठाएर देखाउन चुनौतीसमेत दिए । ‘खोक्रा नारा लगाएर हुँदैन, काम गरेर देखाउनु पर्छ,’ उनले भने ।
तराई मधेसको विकास निर्माण आफ्नै पालामा भएको दावी गर्दै उनले अगाडि भने, ‘मधेसका सडक, नाला, ढल, विभिन्न लोभलाग्दा स्थलहरु अस्तव्यस्त थिए, ढल थिएन । कसैले निर्माण गर्न रोक्या थियो र ?’
आफूलाई मधेसविरोधी भनिए पनि आफूले नै मधेसका बाटो, ढल बनाइदिएको उनको दावी थियो ।

230 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal