भक्तपुरका बालबालिकाहरुलाई निःशुल्क फुटवल प्रशिक्षण

२०७७ माघ १९ गते, सोमबार

भक्तपुर । समग्र भक्तपुरको फुटवलको विकासका लागि भक्तपुरका एउटा क्लबले निःशुल्क रुपमा बालबालिकाहरुलाई फुटवल प्रशिक्षण दिन थालेको छ । ख्वप किङ फुटवल क्लबले जिल्लाभरका ६ वर्षदेखिमािथका बालबालिकाहरुलाई यहाँंका खेलमैदानहरुमा निःशुल्क फुटबल प्रशिक्षण दिन थालेको हो ।
ख्वप किङ फुटवल क्लब भक्तपुरका संयोजक, अखिल नेपाल फुटबल संघ भक्तपुरका कोच एवं तालिमका प्रशिक्षक धनेश प्रजापतिले समग्र भक्तपुरको फुटबलको विकासका लागि आफूहरुले ६ वर्षदेखि माथिका बालबालिकाहरुलाई तालिम दिंदै आएको बताए । हरेक दिन विहान भक्तपुरको महेश्वरी खेल मैदान र हप्तामा एक दिन शनिबार दुई घण्टा शहीद स्मृति खेल मैदानमा निःशुल्क फुटबल तालिम दिंदै आएको जानकारी उनले गराए । भक्तपुरमा फुटवलको माहौल बनाऔं भन्ने हिसावले नयाँ पिढींको रुपमा आउने नयाँं पुस्तालाई निःशुल्क तालिम दिन थालेका तालिम प्रशिक्षक प्रजापतिले सुनाए । यसबाट भविष्यमा भक्तपुरको फुटवलले फडको मार्ने विश्वास उनको छ ।
क्लबको यो उदाहरणीय कार्यलाई इको प्यानल नेपालले सहयोग गरेको छ । आधुनिक निर्माण सामाग्री कम्पनीको रुपमा रहेको इको प्यानल नेपालले ससाना बालबालिकाहरुलाई निशुल्क फुटबल प्रशिक्षण दिंदै आएको ख्वप किङ फुटवल क्लब भक्तपुरलाई आर्थिक तथा भौतिक सहयोग गरेको हो । क्लवलाई इको प्यानल नेपालले तालिम सञ्चालनका लागि आर्थिकका साथै व्यानर, लोगो बनाउनलगायतका लागि भौतिक सहयोग गरेको जनाएको छ ।
इको प्यानल नेपालको प्रमुख कार्यकारी अधिकृत सीईओ इन्जिनियर कृष्णभक्त दुवालले सामाजिक उतरदायित्व अन्तर्गत आफूहरुले सहयोग गरेको बताए । उनले राम्रो कामका लागि सदा सहयोग गर्न आफनो कम्पनी तयार रहेको बताए ।
इको प्यानल नेपाल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हाल यसका उत्पादनहरु हुने क्रममा छ ।

288 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal