ख्वप कलेजमा मानविकी संकाय पढ्ने विद्यार्थीको संख्यामा वृद्धि

२०७७ माघ १९ गते, सोमबार

काठमाडौं । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजमा मानविकी संकाय अध्ययन गर्न चाहने विद्यार्थीको पनि आकर्षण देखिएको छ । उत्कृष्ट परीक्षाफलका कारण यहाँं मानबिकी संकाय पढ्न चाहने विद्यार्थीको संख्या पनि वर्षेनी वढ्दो रहेको तथ्यांक छ ।
मानविकी संकायको स्नातक तह प्रथम वर्ष वीए, बीएडव्लु पढ्ने विद्यार्थीको संख्या यहाँं निरन्तर वढ्दो रहेको पाइएको छ । अनुभवी शिक्षकहरुले मायालु वातावरणका साथ अध्ययनअध्यापन गराउने भएकाले यहाँं मानविकी संकाय अध्ययन गर्न चाहने विद्यार्थीको संख्या पनि वढ्दो रहेको विश्लेषण छ ।
कलेजले राखेको तथ्यांक अनुसार बीए वीएसडव्लूमा २०७० सालमा जम्मा ५६ जना मात्रै विद्यार्थी अध्ययनरत थिए । त्यसपछि कलेजमा मानविकी संकाय अध्ययनका लागि २०७१ सालमा ५१ र २०७२ सालमा ९१ जना विद्यार्थी कलेजमा भर्ना भए ।
त्यसपछि २०७३ सालमा यहाँं मानविकी संकाय पढ्ने विद्यार्थीको संख्या एकैपटक ह्वात वढे । उक्त साल त्यहाँं एक सय २७ जना विद्यार्थी भर्ना भए । जुन भर्ना संख्या अघिल्लो वर्षको तुलनामा ३६ जना वढी हो । त्यसपछि क्रमशः २०७४ मा एक सय २१, २०७५ मा एक सय ४२, २०७६ मा एक सय २८ जना विद्यार्थी भर्ना भए ।
ख्वप कलेज वीए वीएसडव्लू एवं एम ए इगलिशका इन्जार्ज कमिनिका न्याइच्वाई गुणस्तरीय पढाईका कारण यहाँं मानविकी संकायमा पढ्न चाहने विद्यार्थीको आकर्षण भएको सुनाउँंछन् । भक्तपुरभरिका मात्रै नभई बनेपा, पनौती, धुलिखेललगायतका ठाउँंका विद्यार्थीको आकर्षण पनि ख्वप कलेज रहेको उनको भनाई छ ।
यहाँं मानविकी संकायको परीक्षाफल पनि उत्कृष्ट रहँंदै आएको छ । कलेजले राखेको तथ्यांक अनुसार यहाँं २०७४ मा पहिलो वर्षमा ८८ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । साथै, दोश्रो वर्षमा ८७ प्रतिशत र तेश्रो वर्षमा ८५ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । त्यसपछिको वर्षहरुमा विद्यार्थीको उतीर्ण प्रतिशत अझ लोभलाग्दो गरी वढी प्रतिशत बिद्यार्थी उतीर्ण रहेको तथ्यांक छ । यहाँं मानविकी संकायमा ९७ प्रतिशतसम्म विद्यार्थी उतीर्ण भएका छन् ।
२०७५ मा पहिलो वर्षमा ८४ प्रतिशत, दोश्रो वर्षमा ९७ प्रतिशत र तेश्रोमा ९६ प्रतिशत विद्यार्थी उतीर्ण हुन सफल भएका थिए । साथै २०७६ मा पहिलो वर्षमा ६० प्रतिशत, दोश्रोमा ९२ प्रतिशत र तेश्रोमा पनि ९२ प्रतिशत विद्यार्थी उतीर्ण भएको तथ्यांक छ ।
स्नातक तहमा यहाँं सोसियोलोजी, सोसियल वर्क, पोलिटिकल साइन्स, कल्चर, इकोनोमिक्स, इगलिश, जर्नलिज्म, म्याटम्याटिक्स, नेपाली, साइकोलोजी, रुरल डेभलपमेन्ट र स्याटिटिक्स गरी १२ वटा विषयहरुमा पढाई भइरहेका छन् । यी विषयहरुमा पनि सोसियल वर्क, साइकोलोजी, जर्नलिज्म, रुरल डेभलपमेन्ट र इगलिश जस्ता विषयहरु पपुलर छन् ।
पोलिटिकल साइन्स र कल्चर जस्ता महत्वपूर्ण विषयहरुमा विद्यार्थीको आकर्षण वढाउन यहाँं पढ्ने विद्यार्थीका लागि भक्तपुर नगरपालिले छात्रबृतिको व्यवस्था गरेको कलेजका प्राचार्य रुपक जोशी बताउँंछन् । भविष्यका लागि चाहिने जनशक्ति उत्पादन होस् भन्ने हेतुका साथ नगरपालिकाले यीबाहेकका विषयहरुमा पनि छात्रबृतिको व्यवस्था गर्दै आएको प्राचार्य जोशीले जनाए ।
कलेजमा साइन्स, म्यानेजमेन्ट, आर्टस्, एजुकेशन गरी चार वटै संकायमा प्लस टुदेखि माष्टर्ससम्मको पढाई हुँंदै आएको छ ।

251 Views

ताजा

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव

२०८१ माघ २६ गते, शनिबार

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव

२०८१ माघ २६ गते, शनिबार

यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

२०८१ माघ २६ गते, शनिबार

कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू

२०८१ माघ २६ गते, शनिबार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

२०८१ माघ २६ गते, शनिबार

गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )

२०८१ माघ २६ गते, शनिबार

आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व

२०८१ माघ २६ गते, शनिबार

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)

२०८१ माघ १६ गते, बुधबार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal