भक्तपुरका बालबालिकाहरुलाई निःशुल्क फुटवल प्रशिक्षण

भक्तपुर । समग्र भक्तपुरको फुटवलको विकासका लागि भक्तपुरका एउटा क्लबले निःशुल्क रुपमा बालबालिकाहरुलाई फुटवल प्रशिक्षण दिन थालेको छ । ख्वप किङ फुटवल क्लबले जिल्लाभरका ६ वर्षदेखिमािथका बालबालिकाहरुलाई यहाँंका खेलमैदानहरुमा निःशुल्क फुटबल प्रशिक्षण दिन थालेको हो ।
ख्वप किङ फुटवल क्लब भक्तपुरका संयोजक, अखिल नेपाल फुटबल संघ भक्तपुरका कोच एवं तालिमका प्रशिक्षक धनेश प्रजापतिले समग्र भक्तपुरको फुटबलको विकासका लागि आफूहरुले ६ वर्षदेखि माथिका बालबालिकाहरुलाई तालिम दिंदै आएको बताए । हरेक दिन विहान भक्तपुरको महेश्वरी खेल मैदान र हप्तामा एक दिन शनिबार दुई घण्टा शहीद स्मृति खेल मैदानमा निःशुल्क फुटबल तालिम दिंदै आएको जानकारी उनले गराए । भक्तपुरमा फुटवलको माहौल बनाऔं भन्ने हिसावले नयाँ पिढींको रुपमा आउने नयाँं पुस्तालाई निःशुल्क तालिम दिन थालेका तालिम प्रशिक्षक प्रजापतिले सुनाए । यसबाट भविष्यमा भक्तपुरको फुटवलले फडको मार्ने विश्वास उनको छ ।
क्लबको यो उदाहरणीय कार्यलाई इको प्यानल नेपालले सहयोग गरेको छ । आधुनिक निर्माण सामाग्री कम्पनीको रुपमा रहेको इको प्यानल नेपालले ससाना बालबालिकाहरुलाई निशुल्क फुटबल प्रशिक्षण दिंदै आएको ख्वप किङ फुटवल क्लब भक्तपुरलाई आर्थिक तथा भौतिक सहयोग गरेको हो । क्लवलाई इको प्यानल नेपालले तालिम सञ्चालनका लागि आर्थिकका साथै व्यानर, लोगो बनाउनलगायतका लागि भौतिक सहयोग गरेको जनाएको छ ।
इको प्यानल नेपालको प्रमुख कार्यकारी अधिकृत सीईओ इन्जिनियर कृष्णभक्त दुवालले सामाजिक उतरदायित्व अन्तर्गत आफूहरुले सहयोग गरेको बताए । उनले राम्रो कामका लागि सदा सहयोग गर्न आफनो कम्पनी तयार रहेको बताए ।
इको प्यानल नेपाल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हाल यसका उत्पादनहरु हुने क्रममा छ ।
ताजा

सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन
२०८२ बैशाख ७ गते, आईतवार
सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन
२०८२ बैशाख ७ गते, आईतवार
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, अराजक गतिविधिमा सहभागी नहुन गृहको चेतावनी
२०८२ बैशाख ७ गते, आईतवार
सर्यो भोलिको शिक्षक आन्दोलन
२०८२ बैशाख ६ गते, शनिबार
सरकारको गलत क्रियाकलापका कारण प्रतिगामीहरु सल्बलाएः प्रचण्ड
२०८२ बैशाख ६ गते, शनिबार
जगमान गुरुङको दाबीः यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ
२०८२ बैशाख ६ गते, शनिबार
प्रेम अस्वीकारको प्रतिशोध: गोली प्रहार गरी युवती गम्भीर घाइते
२०८२ बैशाख ६ गते, शनिबार
मेरोविरुद्ध दुई चार जनाले नारा लगाए, मलाई कुनै दुःख छैनःयोगेश भट्टराई
२०८२ बैशाख ६ गते, शनिबार
नेपाललाई पछि पार्दै अफगानिस्तान विश्वकपमा
२०८२ बैशाख ६ गते, शनिबार
विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा पनि धेरै काम गर्न सकिन्छः चन्द्र ढकाल
२०८२ बैशाख ६ गते, शनिबार
ओली सरकार असफल भयोः रेनु दाहाल
२०८२ बैशाख ६ गते, शनिबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार