नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमका बीच स्वास्थ्य उपचार सम्बन्धी सहमति

२०७७ माघ १८ गते, आईतवार

काठमाडौं । नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमका वीच स्वास्थ्य उपचार सम्बन्धी सहमति भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा माघ १८ गते आयोजित एक समारोहका वीच सो सम्झौता भएको हो ।
नेपाल एपीएफ अस्पतालका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानव सेवा आश्रमका संरक्षक एवं समाजसेवी डा. गोविन्द टण्डनको उपस्थितिमा नेपाल एपीएफ अस्पतालको तर्फबाट प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र सो आश्रमको तर्फबाट आश्रमका अध्यक्ष रामजी अधिकारीले स्वास्थ्य उपचार सम्बन्धी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
यही माघ ९ गते २० औं सशस्त्र प्रहरी दिवस २०७७ को अवसरमा आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजना मार्फत आश्रममा रहेका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुलाई नेपाल एपीएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गर्नुभएको थियो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘मानव सेवा नै सवैभन्दा ठूलो धर्म हो’ भन्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा र सेवाका कार्यहरु सँगसँगै गर्दै जाने र यस किसिमको कार्यले ती असहाय मानिसहरुको आर्शिबाद संगठनलाई प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यस प्रकारको पवित्र कार्यले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई सेवामा लाग्नका लागि उर्जा प्राप्त हुने र सो आश्रममा आश्रितहरुलाई दिईने स्वास्थ्य सेवाले अस्पतालको सेवा विस्तार हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनले सो आश्रममा आश्रितहरुको उपचारका लागि विगतमा धैरै अस्पताल भौतारिनु पर्ने बाध्यता रहेको र सोचे जस्तो उपचार समेत पाउन नसकेको अप्ठ्यारा दिनहरुको स्मरण गर्नुहुँदै यस पवित्र कार्यका लागि सशस्त्र प्रहरी बल, नेपालप्रति खुशी र कृतज्ञता व्यक्त गर्नुभयो ।
यस सम्झौतासँगै सो आश्रमका आश्रितहरुले नेपाल एपीएफ अस्पतालमा उपलब्ध ईमरजेन्सी, बहिरङ्ग, जनरल, तथा विशेषज्ञ ओपीडी, अन्तरङ्ग सेवा अन्तर्गतका वार्ड सवै, आईसीयु, एचसियु एचडियु, माईनर तथा मेजर अप्रेशन सेवा, प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछ ।
यसैगरी रेडियोलोजी अन्तर्गत एक्सरे, सीटी स्क्यान, अल्ट्रासाउण्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आईसीयु र डाईलासिसको लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधीहरु, मुटुरोग, मृगौला रोग मधुमेह आदि भई आजिवन औषधी सेवन गर्नुपर्ने बिरामीहरुको लागि आस्पतालमा उपलब्ध औषधीहरु समेत निःशुल्क उपलब्ध गराइने छ ।
यसैगरी अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीहरुलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिण्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ्ग र आश्रमको सिफारिसमा काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शब वाहन सेवा, अस्पतालबाट खरिद गरिएका औषधीहरु आश्रमका बिरामीहरुलाई निःशुल्क प्रदान गरिने समेत सम्झौतामा उल्लेख छ ।
सो सम्झौतामा नेपाल एपीएफ अस्पतालमा हाल कायम भएको ११० शैय्याको बेड मध्ये मानवसेवा आश्रमका बेसहारा, असक्त, असहाय एवं अभिभावक विहिनहरुलाई तीन शैय्याको बेड उपलब्ध गराइने उल्लेख गरिएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगाएत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो आश्रमका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

316 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal