सत्ता टिकाउन कै लागि निर्वाचन घोषणा

२०७७ माघ १८ गते, आईतवार

श्यामलाल पोखरेल
बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सत्ता टिकाउन कै लागि निर्वाचन घोषण गरेको दावी गरेका छन् ।
रिपोटर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आइतवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति घोषणा गरेको दावी गरे । ‘यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै हो ।’–उनले भने । ‘नरहे बासँ नरहे बसुरी’को संज्ञा दिदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे ।
उनले सवोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूर्ण विसोस्त रहेको बताए । नेता रजालले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निर्णय लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे । उनले भने– ‘पंचायतकाल होस् या राजा ज्ञानेन्द्रको पाला होस अदालतले सही निर्णय गरेको छ । राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ । तसर्थ पुन स्थापना हुन्छ ।’
उनले अब ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने बताए छ । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको दावी छ । संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा जाने उनको भनाई छ ।
लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उनको भनाई छ ।
रिपोर्टर्श क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको संचालनमा कार्यक्रम भएको थियो ।
यसैविच सौन्दर्य प्रतियोगिता, द नेक्सट फेस लुम्बिनीको उपाधी विजेता अभिषेक ढकाललाई सम्मान गरिएको थियो ।

268 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal