सत्ता टिकाउन कै लागि निर्वाचन घोषणा

२०७७ माघ १८ गते, आईतवार

श्यामलाल पोखरेल
बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सत्ता टिकाउन कै लागि निर्वाचन घोषण गरेको दावी गरेका छन् ।
रिपोटर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आइतवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति घोषणा गरेको दावी गरे । ‘यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै हो ।’–उनले भने । ‘नरहे बासँ नरहे बसुरी’को संज्ञा दिदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे ।
उनले सवोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूर्ण विसोस्त रहेको बताए । नेता रजालले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निर्णय लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे । उनले भने– ‘पंचायतकाल होस् या राजा ज्ञानेन्द्रको पाला होस अदालतले सही निर्णय गरेको छ । राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ । तसर्थ पुन स्थापना हुन्छ ।’
उनले अब ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने बताए छ । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको दावी छ । संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा जाने उनको भनाई छ ।
लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उनको भनाई छ ।
रिपोर्टर्श क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको संचालनमा कार्यक्रम भएको थियो ।
यसैविच सौन्दर्य प्रतियोगिता, द नेक्सट फेस लुम्बिनीको उपाधी विजेता अभिषेक ढकाललाई सम्मान गरिएको थियो ।

200 Views

ताजा

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

२०८० चैत्र ९ गते, शुक्रबार

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

२०८० चैत्र ९ गते, शुक्रबार

आजदेखि ‘महाजात्रा’ देशदेखि विदेशसम्म एकसाथ रिलिज

२०८० चैत्र ९ गते, शुक्रबार

आज महरालाई हाजिर जमानीमा छाडिँदै

२०८० चैत्र ९ गते, शुक्रबार

रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरीवाल पक्राउ

२०८० चैत्र ९ गते, शुक्रबार

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

२०८० चैत्र ९ गते, शुक्रबार

सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणदर उकालो लाग्दै

२०८० चैत्र ९ गते, शुक्रबार

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन

२०८० चैत्र ७ गते, बुधबार

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायक

२०८० चैत्र ७ गते, बुधबार

चैत ७ गते मनकामना केबलकार बन्द हुने

२०८० चैत्र ५ गते, सोमबार

एक सातापछि खुल्यो कर्णाली पुल

२०८० चैत्र ५ गते, सोमबार

लोकप्रिय

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal