लेटाङे युवाहरुको संघीय राजधानीमा वाहवाही

२०७७ माघ १४ गते, बुधबार

काठमाडौं । सीप भए स्वदेशमै मनग्य आम्दानी र चर्चा कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् उत्तरी मोरङको लेटाङ घर भएका केही युवाहरु । त्यसो त नेपाल भिन्न क्षमता भएका मानिसको एकीकृत घर पनि मानिन्छ । सीप भएका मानिसले लगावका साथ काम गरे चर्चासँगै मनग्य आम्दानी गर्न सकिने नजिर धेरैले बसाइसकेका छन् ।

यस्तै गत वैशाख १५ गते राजधानी काठमाडौं छिरेका तीन युवा आप्mनै कला र लगनशीलताले अहिले वाहवाही बटुल्नुका साथै आम्दानी पनि गर्न सफल भएका छन् । काठमाडौं पुतलीसडकको तारे होटलको भित्तामा बनाएको आर्कषक तस्वीरले ती युवाहरुको परिचय नै फेरिदिएको छ । लेटाङ स्थायी घर भएका तीन युवा मनिष चेम्जोङ, उज्ज्वल सूर्य मगर र जोन राईले कलात्मक ढंगमा गौतम बुद्धको तस्वीर जस्ताको तस्तै भित्तामा उतारेसँगै उपत्यकामा उनीहरुले वाहवाही बटुलेका हुन् । केही समयअघिसम्म नामले मात्र बोलाउनेहरुले हिजोआज आर्टिष्ट थपेर बोलाउन थालेको द आर्टिसियन ग्रुपका सदस्य उज्ज्वल सूर्य मगर बताउँछन् ।

सामाजिक सञ्जालमा आफूहरुले बनाएको चित्र मन पराएर काठमाडौंबाट फोन आएसँगै राजधानीमा आएर गौतम बुद्धको तस्वीर उतारेको ग्रुपका अर्का सदस्य जोन राई बताउँछन् ।

तस्वीर उतार्ने क्रममा सडकमा यात्रा गर्ने प्रायः सबैले प्रशंसा गरेको र गाडी रोकेरसमेत मोबाइलमा तस्वीर कैद भएको क्षण रमाइलो लागेको ग्रुपका संयोजक मनिष चेम्जोङ सम्झन्छन् । द आर्टिसियन ग्रुपलाई थप मलजल गर्ने, प्रतिभाको खोजी गरी समाजमा रोजगार सिर्जना गर्ने र चित्रकलाको माध्यमबाट लेटाङको नामलाई संसारभर चिनाउने लक्ष्य चेम्जोङको रहेको छ । थप चित्र बनाउने प्रस्ताव निकै आएपनि मुलुकको मौलिक कला, संस्कृति, रीतिरिवाज झल्कने र नेपाली भनेर गर्व गर्न लायक प्रस्तावलाई मात्र प्राथमिकता दिने चेम्जोङ बताउँछन् ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal