काभ्रेमा आजदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने

२०७७ माघ १४ गते, बुधबार

बनेपा, । कोभिड–१९ को महामारीका बेलामा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई काभ्रेपलाञ्चोकमा पनि आजदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर नरेन्द्रकुमार झाका अनुसार कोरोनाविरुद्धको खोप बुधबार जिल्लामा आई पुगेसँगै खोप लगाउने तयारीको लागि आवश्यक जनशक्तिसहित खोप लिने व्यक्तिको नामावलीसमेत तयारी गरिसकेको छ ।
जिल्लाको धुलिखेल अस्पताल धुलिखेल र मेथिनकोट अस्पताल नमोबुद्ध नगरपालिका नौबिसेबाट गरी दुई ठाउँबाट खोप लगाउने अभियान शुरु गर्ने तयारी भइरहेको कार्यालयका प्रमुख डाक्टर झाले बताउनुभयो ।
उहाँका अनुसार भौगोलिक हिसाबले दुई ठाउँमा केन्द्र बनाई मेथिनकोट अस्पतालबाट नमोबुद्ध नगरपालिका, तेमाल, रोशी, महाभारत गाउँपालिका र धुलिखेल, बनेपा, पाँचखाल, मण्डनदेउपुर र पनौती नगरपालिका तथा भुम्लु, चौरीदेउराली, बेथानचोक र खानीखोला गाउँपालिकालाई धुलिखेल अस्पतालबाट खोप प्रदान गरिने छ ।
तीन हजार ५८१ लाई पहिलो चरणमा लगाउने खोपको लागि धुलिखेल अस्पतालमा करिब दुई हजार ८०० लाई र बाँकी मेनिथकोट अस्पतालबाट लगाउने गरी तयारी गरिएको छ ।
“स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाबाट हामीकहाँ बुधबार ३९० भाइल प्राप्त भएको छ ।” उहाँले भन्नुभयो, “ आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट काठमाडौँमा उद्घाटन गर्नुभएसँगै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालमा पनि खोप लगाउने काम शुरु गर्नेछौँ ।”
एक भाइलमा दश डोज हुने र प्राप्त भाइलबाट तीन हजार ९०० लाई लगाउन सकिने स्वास्थ्य कार्यालय प्रमुख झाले बताउनुभयो ।
मेथिनकोट अस्पतालमा भने बिहीबारदेखि शुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । “पहिलो चरणमा यो खोप अग्रपङ्क्तिमा काम गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थानमा खटिएका सुरक्षाकर्मी, नगरपालिकाको सरसफाइमा काम गर्ने कर्मचारी तथा महिला स्वयंसेविकालाई प्रदान गर्नेछौँ”, उहाँले भन्नुभयो । त्यसरी खोप प्राप्त गर्नेमा करीब तीन हजार ६०० रहेको कार्यालयले जनाएको छ । अरु खोपजस्तै गरी लगाउने भएता पनि विशेष परिस्थिति भएको हुनाले त्यसको लागि स्वास्थ्यकर्मीलाई खोप लगाउने तालीम दिइसकेको उहाँले बताउनुभयो ।
खोपको लागि ५४ स्वास्थ्यकर्मी खटाइनेमा ३४ ले खोप लगाउने र २० लाई खोपबाट हुनसक्ने कुनै असर भएमा थप उपचार व्यवस्थापनको लागि स्वास्थ्यकर्मीसहितको टोली तयारी अवस्थामा रहने उहाँले बताउनुभयो । तीमध्ये धुलिखेल अस्पतालमा ४२ जनशक्ति र मेथिनकोटमा १२ जनशक्ति खटिने छन् । रासस

247 Views

ताजा

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो

२०८२ असार २४ गते, मंगलवार

रसुवा बाढीः तीन प्रहरीसहित १५ जना बेपत्ता

२०८२ असार २४ गते, मंगलवार

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

२०८२ असार २२ गते, आईतवार

विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद

२०८२ असार २२ गते, आईतवार

नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०८२ असार २२ गते, आईतवार

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

२०८२ असार २२ गते, आईतवार

अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ

२०८२ असार २२ गते, आईतवार

अफ्ताब अलाम काण्डः बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

२०८२ असार २२ गते, आईतवार

‘तीज आयो साथी संगी’ भन्दै सुशीला

२०८२ असार २२ गते, आईतवार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal