चीन र भारत जोड्दै तमोर कोरिडोर

२०७७ माघ १२ गते, सोमबार

फुङलिङ । राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी दुई देश चीन र भारतलाई जोड्दैछ । यस करिडोरमा छ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको छ । तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका(६ इलाडाँडामा काम भइरहेको छ । विस्फोटक पदार्थको सहायताले कडा चट्टान फोरेर ट्रयाक खुल्नु पर्ने हुँदा केही समय लिने भएको छ ।

विस्फोटक पदार्थ (ब्लास्टिङ) प्रयोग गर्नका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ हुँदै गृह मन्त्रालयसम्म मागपत्र पठाएको उत्तर(दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताए । कञ्चनजङ्घा संरक्षण क्षेत्र भएकाले संरक्षण क्षेत्रलाई अनुमति लिनका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालय पत्र पठाइसकेको पौडेलले बताए ।

यता कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार संरक्षण क्षेत्रमा करिडोरको काम अगाडि बढाउनका लागि वन मन्त्रालयमा अनुमतिपत्र पठाइसकेको बताउनुभयो । सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्न इन्जिनीयर पौडेलले बताए । चीनदेखि ओलाङचुङ्गोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्रयाक खुलिसकेको छ । गैरीपाटीदेखि इलाडाँडासम्म करीब छ किलोमिटर दूरी रहेको पौडेलले बताए । सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङलुङ(७ ओलाङचुङ्गोला हँुदै प्रत्यक्ष चीनसँग सडक सञ्चालनले जोड्ने आयोजना अहिले फक्ताङ्लुङ गाउँपालिका(६ इलाडाँडामा काम भइरहेको पौडेलले बताए ।

सुनसरीको चतारादेखि ओलाङचुङ्गोलासम्ममा २३० किलोमिटर पर्दछ । ओलाङचुङ्गोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर कोरिडोरको जम्मा २५४ किलोमिटरमा पर्दछ । यसमा २५४ किलोमिटरमा चोतारादेखि टिप्पताला नाकासम्म पर्दछ । प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगवनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ । तीन सय १४ किलोमिटरले मित्र राष्ट्र भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने भएको छ ।

प्रदेश नम्बर १ सुनसरीको चतारादेखि ताप्लेजुङको ओलाङचुङ्गोलाको नाका तथा चीनसँग सडक सञ्चालनले जोडिन भएको छ । चीनको सीमा ओलाङचुङ्गोला जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्‍न शुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङ्गोलासम्म विकास गरिँदैछ ।

तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको छ । सबै ब्लकको पहिलो काम ट्रयाक खुलाउनु हो । अहिले सबै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको इलाडाँडादेखि गैरीपटीसम्मको छ किलोमिटरको काम मात्र बाँकी रहेको पौडेलले बताए । करीब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका(२ देखि पाँचथरको लुबुघाट माझीटार ताप्लेजुङ छिचोलेर ओलाङचुङ्गोलासम्म पुर्‍याइँदैछ । यो सडकखण्डमा विभिन्‍न आकारका १० वटा पुल निर्माण हुने भएको छ ।

विसं २०६५ मा सडक निर्माण शुरु गराएका थिए । त्यतिखेर यो सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो ।

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको सरकारले दाबी गरेको छ । यो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण सम्पन्‍न भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ । रासस

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal