चीन र भारत जोड्दै तमोर कोरिडोर

२०७७ माघ १२ गते, सोमबार

फुङलिङ । राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी दुई देश चीन र भारतलाई जोड्दैछ । यस करिडोरमा छ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको छ । तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका(६ इलाडाँडामा काम भइरहेको छ । विस्फोटक पदार्थको सहायताले कडा चट्टान फोरेर ट्रयाक खुल्नु पर्ने हुँदा केही समय लिने भएको छ ।

विस्फोटक पदार्थ (ब्लास्टिङ) प्रयोग गर्नका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ हुँदै गृह मन्त्रालयसम्म मागपत्र पठाएको उत्तर(दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताए । कञ्चनजङ्घा संरक्षण क्षेत्र भएकाले संरक्षण क्षेत्रलाई अनुमति लिनका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालय पत्र पठाइसकेको पौडेलले बताए ।

यता कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार संरक्षण क्षेत्रमा करिडोरको काम अगाडि बढाउनका लागि वन मन्त्रालयमा अनुमतिपत्र पठाइसकेको बताउनुभयो । सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्न इन्जिनीयर पौडेलले बताए । चीनदेखि ओलाङचुङ्गोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्रयाक खुलिसकेको छ । गैरीपाटीदेखि इलाडाँडासम्म करीब छ किलोमिटर दूरी रहेको पौडेलले बताए । सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङलुङ(७ ओलाङचुङ्गोला हँुदै प्रत्यक्ष चीनसँग सडक सञ्चालनले जोड्ने आयोजना अहिले फक्ताङ्लुङ गाउँपालिका(६ इलाडाँडामा काम भइरहेको पौडेलले बताए ।

सुनसरीको चतारादेखि ओलाङचुङ्गोलासम्ममा २३० किलोमिटर पर्दछ । ओलाङचुङ्गोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर कोरिडोरको जम्मा २५४ किलोमिटरमा पर्दछ । यसमा २५४ किलोमिटरमा चोतारादेखि टिप्पताला नाकासम्म पर्दछ । प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगवनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ । तीन सय १४ किलोमिटरले मित्र राष्ट्र भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने भएको छ ।

प्रदेश नम्बर १ सुनसरीको चतारादेखि ताप्लेजुङको ओलाङचुङ्गोलाको नाका तथा चीनसँग सडक सञ्चालनले जोडिन भएको छ । चीनको सीमा ओलाङचुङ्गोला जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्‍न शुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङ्गोलासम्म विकास गरिँदैछ ।

तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको छ । सबै ब्लकको पहिलो काम ट्रयाक खुलाउनु हो । अहिले सबै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको इलाडाँडादेखि गैरीपटीसम्मको छ किलोमिटरको काम मात्र बाँकी रहेको पौडेलले बताए । करीब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका(२ देखि पाँचथरको लुबुघाट माझीटार ताप्लेजुङ छिचोलेर ओलाङचुङ्गोलासम्म पुर्‍याइँदैछ । यो सडकखण्डमा विभिन्‍न आकारका १० वटा पुल निर्माण हुने भएको छ ।

विसं २०६५ मा सडक निर्माण शुरु गराएका थिए । त्यतिखेर यो सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो ।

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको सरकारले दाबी गरेको छ । यो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण सम्पन्‍न भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ । रासस

165 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal