जाडोले कपिलवस्तुका विद्यालय चार दिन बन्द

२०७७ माघ १२ गते, सोमबार

कपिलवस्तु । कपिलवस्तुमा दुई पालिकाका विद्यालय आजदेखि बन्द गरिएका छन् । कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका विद्यालय शीतलहरका कारण चार दिनका लागि बन्द गर्ने निर्णय भएको हो । जाडो बढेकाले पठनपाठनमा समस्या आएपछि विद्यालयमा बिदा थपिएको हो ।
शुरुमा यही माघ ८ देखि माघ १० गतेसम्मका लागि नगरपालिकामा रहेका सबै सरकारी र निजी विद्यालयहरु बन्द गरिएका थिए । नगर शिक्षा समितिको निर्णयअनुसार चार दिनका लागि जाडो बिदा थप गरिएको नगरपालिका शिक्षा एकाइका उपसचिव हरिप्रसाद ज्ञवालीले बताउनुभयो । माघ १५ देखि विद्यालय सञ्चालन हुने बताइएको छ । जाडोले गर्दा प्राविमा पढने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका छन् । जाडोले गर्दा विद्यार्थीको न्यून उपस्थिति भएकाले पठनपाठनसमेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन् ।
त्यस्तै मायादेवी गाउँपालिकाका विद्यालयमा पनि तीन दिनका लागि जाडो बिदा दिइएको छ । धेरै चिसोले गर्दा विद्यार्थीको स्वास्थ्यमा समस्या आउनसक्ने भन्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय बन्द गरिएको हो । गाउँपालिका शिक्षा शाखाका प्रमुख अमिनप्रसाद कुर्मीले सूचना निकाल्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने जनाइएको छ । माघको शुरुदेखि नै कपिलवस्तुमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ । रासस

225 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal