माघ १६ मा पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन

२०७७ पुष १८ गते, शनिबार

काठमाडौँ । माघ १६ गते नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन हुने भएको छ ।
लगभग एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले साना लगानीमा सञ्चालन भएका सञ्चारगृहलाई कल्याणकारी विज्ञापन अभिवृद्धि गर्न तथा सहुलियत गराउनसमेत सरकारसँग माग गरेको जनाइएको छ ।
शाखाले कोभिड–१९ का समयमा कुनै पनि सञ्चारकर्मीलाई निष्कासन नगर्न, उनीहरुलाई समयमै तलब उपलब्ध गराउन सञ्चारगृहलाई आग्रह गरेको छ । शाखाका पूर्वअध्यक्ष स्व अशोक श्रेष्ठलगायत वरिष्ठ पत्रकारको स्मृतिमा स्थापना गरिएका १० वटा पुरस्कार अधिवेशनमा वरिष्ठ पत्रकारलाई दिने निर्णय गरिएको छ ।
सञ्चार क्षेत्रको विकास तथा सञ्चारकर्मीको श्रीवृद्धिका लागि विभिन्न तालीमको व्यवस्था गर्दै आएको उक्त शाखाले बन्दाबन्दीका समयमा पत्रकारलाई सहयोग गरेको थियो । विपत्का समयमा पत्रकारलाई आर्थिक साहयता गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा हाल रु दुई लाख सङ्कलन भएको र केही बिरामी सञ्चारकर्मीलाई त्यसबाट सहयोग गरिएको अध्यक्ष विडारीले जानकारी दिए ।

340 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal