प्रचण्ड–माधव खिया लागेको नटबोल्ट हुन्ः प्रधानमन्त्री

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं। प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको आरोप लगाएका छन् । उनले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरे । आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टको संज्ञा समेत दिए ।
शनिबार राजधानी काठमाडौंमा नेकपा (ओली) समूहको बृहत कार्यकर्ता भेला भएको थियो । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली । एक घण्टाभन्दा लामो भाषण गरेका उनले धेरै समय प्रचण्ड–माधवको आलोचनामै खर्चिए ।
भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवलाई खिया लागेको नटबोल्ट भएको बताए । उनले भने, ‘खिया लागेका नटबोल्ट खसेपछि अहिले पार्टी द्रुत गतिमा अगाडि बढेको छ। खिया लागेको नटबोल्ट हुँदा गाडी त दुर्घटनामै पर्यो ।’ कार्यकर्ताहरुलाई आफूले संसद् विघटन गर्नुको बाध्यता प्रचण्ड–माधव रहेको पुष्टि गर्न उनले पार्टीको गतिविधिदेखि सरकार सञ्चालनमा प्रचण्ड–माधवले सहयोग नगरेको तथ्यहरु देखाए।
उनले भने, ‘म प्रधानमन्त्री भएपछि विश्वलाई आश्चार्यचकित पार्ने गरी आर्थिक वृद्धि दर हासिल भयो । संविधान संशोधन गर्यौं। नक्सा समावेस गरियो । यो कुरा उहाँहरुलाई (प्रचण्ड–माधव) पचेन । भारतका प्रधानमन्त्री आएर समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षमा सहयोग गर्ने कुरा गरे । चिनियाँ राष्ट्रपति आएर त्यो नेपालको राष्ट्रिय आकंक्षालाई सहयोग गर्ने बचन दिए। तर, उनीहरु (प्रचण्ड–माधव) लाई यो विषय कहिल्यै राष्ट्रिय आकांक्षा लागेन। यसको कुरा नै गर्दैनन्। संविधान संशोधन गरेर नक्सा समावेस गरेपछि त उनीहरुलाई पोलेको छ।’
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहभन्दा आफ्नो समूह बलियो हुने पनि दावी गरे। उनले भने, ‘उनहिरुले जति मान्छे जम्मा त, रत्न पार्कमा जुखाम, खाँसीको औषधि बेच्नेले पनि गर्छ।’ प्रचण्ड–माधव समूहले शनिबार नै आन्दोलनका कार्यक्रम घोषणा गरेप्रति पनि उनले टिप्पणी गरे। उनले भने, ‘रत्नपार्कमा उनीहरुले जुखाम खाँसीको औषधि बच्ने जति मान्छे जम्मा गर्दैछन् रे।’

315 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal