१५ दिनपछि बागमतीमा फोहोर पानी बग्दैन

२०७७ पुष १८ गते, शनिबार

काठमाडौँ । बागमतीमा दुर्गन्ध फैलने पानी धेरै बग्यो । तर खानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ ।
ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणी थापाले बताए ।
त्यसका लागि गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ । इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको बताए ।
शुक्रबार मन्त्री थापाले गुहेश्वरीस्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको अवलोकन गरेर पूर्ण रुपमा सञ्चालनका लागि तयार हुन निर्देशन दिएका छन् । उनले बाँकी कामहरु सकेर तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् । ढल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ ।
त्यस्तो फोहोर पानी प्रशोधन हुँदा दैनिक ७ टनसम्म मल निस्कने इञ्जिनियर किशोर पन्थीले जानकारी दिए । ढल प्रशोधनका क्रममा निस्कने ग्याँसबाट विजुली समेत निस्कनेछ ।
कस्तो हुन्छ पानी
प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बागमतीको पानीमा सजिलै माछा लगायत जलप्राणी बाँच्न सक्नेछन् । ढलमा मिसिने ठोस र रसायनीक पदार्थहरु प्रशोधन भएको हुन्छ र त्यसको विषात्तपनलाई निर्मलीकरण गरिएको हुन्छ ।
‘यस्तो पानी बागमतीमा सलल बग्नेछ, खानेपानी सचिव माधव वेलवासेले भने, अहिले नै मान्छेले खानयोग्य हुँदैन तर जलप्राणी बस्न योग्य पानी बागमतीमा चाँडै बगाउन संरचना तयार भएको छ ।’ पानी कञ्चन सङ्लो भने देखिदैन । ढलमा अत्याधिक रसायनिक पदार्थहरु मिसिएकाले कञ्चन निलो बनाउन भने नसकिएको प्रशोधन केन्द्रका इञ्जिनियर पन्थीले बताए । उनले थोरै मैलो देखिएपनि पानीमा हुनुपर्ने शुद्धता कायम हुने बताए । यो आयोजना सन् २०१६ बाट निर्माण शुरु भएको हो ।
नेपाल सरकारको ३० प्रतिशत र एशियाली विकास बैंकको ७० प्रतिशत लगानीमा सम्पन्न भएको आयोजना ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाको कुल लागत २ अर्ब ५५ करोड हो ।

293 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal