पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

मोरङ । कोसी साहित्य–कला परिषद् नेपाल (कोसाक) ले पुस्तकलाई अभिभावकसँग जोड्ने अभियान सुरु गरेको छ ।

बालबालिकामा पठन बानीमा ह्रास आएपछि संस्थाले अभिभावकलाई लक्षित गरेर पुस्तकसँग जोड्ने कार्यक्रम सुरु गरेको हो । कानेपोखरी–४, बयरवन, मोरङमा रहेको न्यु भिजन विद्या मन्दिरको सभाहलमा आयोजित एक कार्यक्रमको आयोजना गरेर अभियानको सुरुआत गरेको छ ।

कानेपोखरी गाउँपालिका ४ न. वडाका अध्यक्ष रमेश राउत प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, सोही वडाका जनप्रतिनिधि प्रदीप राई, विद्यालय निर्देशक गणेश पोखरेल तथा अभिभावक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

‘बालबालिकाको पठन संस्कृति अभिवृद्धिका लागि अभिभावक परामर्श’ नाम दिइएको उक्त तालिमको सहजीकरण कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले गरेका थिए । लेखक तथा अनुसन्धाता रहेका विरहीले बालबालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा रहेकाले बालबालिकाले आमाबाट धेरै सिक्ने हुँदा आमाहरूले धेरै कुरामा सचेत रहनुपर्ने बताए ।

उनले भने, ‘२४ घण्टामध्ये १८ घण्टाको समय बालबालिकाको आफ्ना अभिभावकहरूसँग बित्ने गर्छ । तसर्थ अभिभावकले गर्ने बानीले उनीहरूलाई ठुलो प्रभाव पर्छ । छोराछोरीको पठन संस्कृति बढाउनु छ भने तपाईँहरूबाटै सुरु गर्नुपर्छ । तपाईँले पढेको देखेर मात्र नानीहरूले पढ्छन् । तसर्थ आफ्ना छोराछोरीका अघि पढेर बस्ने गर्नुहोला ।’ साथै प्रशिक्षक विरहीले बालबालिकाको सिकाइमा साहित्यिक पुस्तकको ठुलो महत्व रहेकाले विभिन्न अवसरमा पुस्तक दिने बानीको विकास गर्न अनुरोध पनि गरे ।

बालबालिकाबाटै बानीको विकास गराउने जसका लागि अभिभावक मुख्य जिम्मेवारी रहेको कुरामा सहमति जनाउँदै वडाध्यक्ष राउतले भने, ‘हामीले माथिबाट सुरु ग¥यौ, जसले गर्दा परिणाम आउन सकेन तर यस तालिमले भने पठन संस्कृतिको विकास तलबाटै सुरु गर्नुपर्छ भन्नेमा जोड दिएको पाएँ । यो ठिक हो ।’ पूर्व शिक्षकसमेत रहेका राउतको तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न जोड रहेको थियो । विद्यालयमा निर्देशक गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न तालिमको सञ्चालन भने कोसी साहित्य–कला परिषद् नेपाल (कोसाक) का सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

स्मरणरहोस् संस्थाले यस २०८३ लाई बालबालिका वर्षका रूपमा लिएर सोहीअनुसारका कार्यक्रम अगाडि बढाउँदै आएको छ । संस्थाका पदाधिकारीहरूले बाल साहित्यिक कृतिको प्रकाशनमा जोड दिएका छन् । यसै वर्ष संस्थाका अध्यक्षको केशु विरहीको ‘उपहार’ (बाल चित्रकथा), उपाध्यक्ष विष्णु भण्डारी आचार्यको ‘पुतलीको बिहे’ (बाल कवितासङ्ग्रह) र सचिव नवराज पोखरेल ‘नवशिला’ को ‘परी भएँ म’ (बाल कवितासङ्ग्रह) प्रकाशनमा आएका छन् ।

12 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’

२०८३ आश्विन १६ गते, शुक्रबार

भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal