गति लिँदै राजापुर–ओखरिया सडक
यमनाथ घिमिरे
बर्दिया । लामो समयसम्म काम सुस्त हुँदा धेरै सास्ती खेप्दै आएका बर्दियाको राजापुरबासीहरु अहिले भने प्रशन्न हुन थालेका छन् । बर्दियाको–ओखरिया बाँध सडक निर्माणले पछिल्लो समय गति लिएपछि उनीहरु खुशी भएका हुन् । हुलाकी सडकअन्तर्गत राजापुरदेखि ओखरिया बाँध जोड्ने करिब २८ किलोमिटर सडकको भौतिक प्रगति अहिले ७० प्रतिशत पुगेको छ ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत रुग्ण अवस्थामा रहेको उक्त सडक निर्माणले गति लिएको जानकारी दिएका हुन् । उनका अनुसार सरकारले निरन्तर अनुगमन तथा आवश्यक सहजीकरण गर्दै निर्माण व्यवसायीलाई अन्तिम अवसर दिएपछि निर्माण कार्यले उल्लेख्य गति लिएको हो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको सडकको काम तोकिएको समयमा पूरा हुन नसकेपछि लामो समयसम्म अलपत्र परेको थियो । २०८० असोज १८ गतेभित्र सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति २०८३ सालसम्म आइपुग्दा ४३ प्रतिशतमा सीमित थियो ।
यसअघि २०८२ असारमा राजापुर नगरपालिकाको खैरीचन्दनपुरदेखि गेरुवा गाउँपालिकाको पर्यटकीय केन्द्र ओखरिया बाँधसम्मको करिब २७ किलोमिटर सडक पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको थिएन । निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दै ३१ पटकसम्म पत्राचार गरिएको जनाइएको थियो ।
त्यसपछि २०८२ मंसिरमा निर्माण कम्पनीले थपिएको म्याद सकिन लाग्दा काम अघि बढाएको समाचार सार्वजनिक भएको थियो । त्यतिबेला सडकको भौतिक प्रगति २७ प्रतिशत मात्रै रहेको थियो । २०७७ चैतमा सम्झौता भएको उक्त सडक २०८० असोजसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पटक–पटक म्याद थपिएपछि २०८२ फागुनसम्म निर्माण सम्पन्न गर्ने समय दिइएको थियो ।
सरकारको पछिल्लो अनुगमन, सहजीकरण र निर्माण व्यवसायीलाई दिइएको अन्तिम अवसरपछि भने आयोजनाले गति लिएको हो । हाल ७० प्रतिशत भौतिक प्रगति पुगेको सडक चालु आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





