गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

काठमाडौं । ‘हामी र हाम्रो कृति समाज’को ३१औँ कृतिका रूपमा गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण गरिएको छ ।

शनिबार काठमाडौंको बालुवाटारस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहलमा आयोजित समारोहमा उक्त कृति लोकार्पण गरिएको हो। ‘हामी र हाम्रो कृति समाज’का विशिष्ट आजीवन सदस्य गोविन्दराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार ज्ञानुवाकर पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा वरिष्ठ साहित्यकार एवं लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, मुक्तक अभियन्ता तथा हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष सुनिल अधिकारी, नेपाल पत्रकार संघका अध्यक्ष एवं वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, शारदा त्रैमासिकका सम्पादक विमल भौंकाजी, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल तथा कृतिकार गोविन्द्रराज तिमिल्सेना विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। वरिष्ठ समालोचक प्रा।डा। भरतकुमार भट्टराई समीक्षकका रूपमा सहभागी थिए।

प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। संस्थाका संस्थापक सदस्य पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ले सञ्चालन गरेको कार्यक्रममा सचिव बद्री उप्रेतीले उपस्थित साहित्यकार तथा साहित्यप्रेमीहरूको स्वागत गरेका थिए। संस्थाका अध्यक्ष मदनप्रसाद नेपालले ‘हामी र हाम्रो कृति समाज’का हालसम्मका गतिविधि तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएका थिए ।

करिब ६५ जना स्रष्टाको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले कृतिकार तिमिल्सेनालाई बधाई तथा कृति सफलताको शुभकामना दिएका थिए। वक्ताहरूले ‘हामी र हाम्रो कृति समाज’ले साहित्यका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै संस्थाका गतिविधिबारे आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमका क्रममा उपस्थित साहित्यकारहरूले ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रहबाट विभिन्न मुक्तक वाचनसमेत गरेका थिए। प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले लोकार्पित कृतिको गहन अध्ययन गरी त्यसका विषयमा उदाहरणसहित राखेका विचार तथा विश्लेषणले साहित्यिक क्षेत्रमा थप अध्ययन र सिर्जनाका लागि प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका थिए।

कृतिकार गोविन्द्रराज तिमिल्सेनाले आफ्नो कृति प्रकाशनका लागि अहोरात्र खटिएर सहयोग गर्ने संस्थाका अध्यक्ष मदनप्रसाद नेपालसहित ‘हामी र हाम्रो कृति समाज’को सम्पूर्ण टिमप्रति आभार व्यक्त गरे। दुर्गम क्षेत्रबाट आएका आफूजस्ता स्रष्टालाई संस्थाले दिएको माया, सम्मान र हौसलाप्रति कृतज्ञता व्यक्त गर्दै उनले कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन उपस्थित सम्पूर्ण साहित्यकार तथा साहित्यप्रेमीप्रति धन्यवाद दिए।

सो अवसरमा कृतिकार तिमिल्सेनालाई संस्थाका अध्यक्ष मदनप्रसाद नेपाल र प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्ने, शुभकामना मन्तव्य व्यक्त गर्ने तथा संस्थाका विभिन्न गतिविधिमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको थियो। ‘हामी र हाम्रो कृति समाज’को ३१औँ कृति लोकार्पण समारोहमा उपस्थित सम्पूर्ण साहित्यानुरागीप्रति आभार व्यक्त गर्दै सभाध्यक्ष गोविन्दराज पौडेलले कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

15 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal