आजदेखि देशभर मुसलधारे वर्षा
काठमाडौं । उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर पानी परेको छ । पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा अत्यधिक वर्षा भएको हो । हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् । लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि बाढी पूर्वानुमान महाशाखाले हाललाई अवस्था सामान्य रहेको जनाएको छ । कर्णालीका हिमाली भेगबाहेक अन्य सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षाको क्रम अझै बढ्नेछ र केही स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षाको सम्भावना रहेको छ। आज कोशी, बागमती र गण्डकीका थोरै स्थानमा तथा मधेश र लुम्बिनीको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ।
यस्तै, कोशी र बागमतीका पहाडका एकरदुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ भने मधेश र कोशीको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा राति भारी वर्षाको सम्भावना रहे पनि लामो समयसम्म निरन्तर भारी वर्षा हुने देखिँदैन र पर्सिसम्म हल्कादेखि मध्यम तथा बेलाबेलामा भारी वर्षाको क्रम जारी रहनेछ।
आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दैछ। यसको प्रभावस्वरूप बुधबारबाटै कोशी, बागमती र गण्डकीमा वर्षाको गतिविधि बढेको हो ।
मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्। हिमाली क्षेत्रका लागि रेड अलर्ट जारी गरिएको छ। थप जानकारीका लागि टोल–फ्री नम्बर ११५५ मा फोन गरी १ थिचेर मौसमसम्बन्धी जानकारी लिन सकिनेछ।
यसैवीच, खराब मौसम र विपद्को जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले आजदेखि असोज १२ गतेसम्म लामो दूरीको र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासङ्घले एक विज्ञप्ति जारी गर्दै यात्रा गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न यात्रुहरूसँग अनुरोध गरेको हो ।
ताजा
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





