अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

काठमाडौं । नेपाल–चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ।

नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै चिनियाँ पक्षले व्यापारिक गतिविधि रोकेको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाले जानकारी दिए। पहिरोको जोखिम स्थिर नभएसम्म व्यापार पुनः सञ्चालन हुने सम्भावना कम रहेको उनले बताए।

तातोपानी भन्सार कार्यालयका अनुसार चिनियाँ भन्सार अधिकारीले इमेलमार्फत अर्को सूचना नभएसम्म तातोपानी नाकाबाट हुने आयात–निर्यात बन्द रहने जानकारी गराएका छन्। यात्रु आवतजावत भने जारी रहनेछ।

रसुवाको टिमुरेमा भोटेकोशी बाढीले ठूलो क्षति पुर्‍याएपछि रसुवागढी नाका पनि प्रभावित छ। दसैँ नजिकिँदै गर्दा चीनबाट सामान आयात गर्ने व्यवसायीलाई अब वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आएको छ।

7 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal