गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
नेपालगञ्ज / बर्दियाको गेरुवा गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षाको समापन भएको छ ।
गेरुवा गाउँपालिका बर्दियाको सहयोग तथा बास नेपालको सहजीकरणमा लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत प्रशासन तर्फ चौथो र पाँचौं वा सो सरह लोक सेवा तयारी कक्षाको आईतवार समापन भएको हो ।
३० दिने निशुल्क लोकसेवा तयारी कक्षाको समापन सत्रमा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले उक्त तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारमा प्रयोग गर्न सुझाव दिएका थिए । स्थानिय युवाहरुलाई लक्षित गरी आयोजना गरिएको तालिमले स्वदेशमै रोजगारी दिलाउन र सरकारी जागिरमा प्रबेश गर्न मद्धत पुग्ने हेतुले आयोजना गरिएको सहभागीहरलाई ईन्गित गर्दै अध्यक्ष केसीले बताए ।
त्यसैगरी कार्यक्रममा बाल्दै लोकसेवा तयारी कक्षा सहजीकरण संस्था बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्थानिय सरकारले आफ्ना युवाहरुलाई स्थानिय स्तरमै लोक सेवाको तयारी कक्षाको ब्यवस्था गरेकामा धन्यवाद दिए । गाँउबाट त्यहि कक्षा लिन देशका बिभिन्न शहरमा गएर पढ्नु पर्ने बाध्यताको अन्त्य गरी आफ्नै गाउँठाउँमा पढ्न पाउनु सहभागीहरुको लागि अवसर भएकाले यो अवसरको सही सदुपयोग गर्न सहभागीहरुलाई सुझाए ।
सहभागी बिद्यार्थीहरुको तर्फबाट प्रतिक्रिया भनाई राख्दै सनिश थारुले आफ्नै गाउँमा पढ्न पाउने वातावरण उपलब्ध गराएकोमा आयोजक संस्थालाई धन्यवाद दिए । तालिम बाट लोकसेवाको लागि महत्वपुर्ण टिप्सहरु प्राप्त भएकोमा खुशी ब्यक्त गरे । तालिमका सहभागीहरुलाई पालिका पालिका अध्यक्ष, उपाध्यक्ष बाट प्रमाणपत्र र लोकसेवाका किताबहरु बितरण गरिएको थियो । गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा गेरुवा गाउापालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, सामाजिक बिकास संयोजक तथा गेरुवा गाउापालिका वडा नम्बर ३ का अध्यक्ष निमृल कुमार चौधरी, बास नेपालका केन्द्रीय महासचिव कलपना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, गेरुवा गाउँपालिकाका लेखा अधिकृत सुदिप सिग्देल लगायतको सहभागीता रहेको थियो ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन गेरुवा गाउँपालिकाका महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख रमा पुन मगरले सञ्चालन गरेकी थिईन् ।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





