एनसेलकोे ‘दामी क्यास ब्याक’ योजना

२०७७ पुष ६ गते, सोमबार

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यास ब्याक’ योजना ल्याएको छ ।
यो योजनाले ग्राहकलाई रु ५० र रु १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाईने सुनिश्चित गरेको छ ।
यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाईने रु ४९.०२ भन्दा बढी अर्थात रु ५१ मेन ब्यालेन्स प्राप्त गर्दछन् । त्यसैगरी रु १०० को रिचार्जमा अब कम्तिमा विद्यमान रु ९८.०४ भन्दा बढी रु १०२ मेन ब्यालेन्स पाउँछन् ।
यो योजना हिजो आइतबार बाट लागु भएको छ र १५ दिनका लागि संचालनमा रहनेछ । योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमा प्रत्येक रिचार्जमा विद्यमान भन्दा बढि मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुख विषेशता हो ।
रु ५० रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम रु १०० सम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी रु १०० रिचार्ज गर्नेले रु २०० सम्म मेन ब्यालेन्स पाउनेछन् ।
क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ ।
रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुन कुनैपनि माध्यमबाट गरिएको रु ५० र रु १०० को प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ । यो योजना पुस १९ गते सम्म लागु हुनेछ ।

567 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal