सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सम्पत्ति छानबिन गर्नको लागि आफूहरू तयार गरेको बताएका छन् । गोरखा पुगेका सभापति थापाले सरकारमा रहेकाहरूले पनि आफ्नो सम्पत्तिको स्रोत देखाउनुपर्ने बताए ।

उनले भने, ‘हामी जसरी हिम्मत गरिरहेका छौँ, तपाईँहरू प्रधानमन्त्री, मन्त्री बन्नुभएको छ, त्यो प्रधानमन्त्री मन्त्री बन्दै गर्दा जुन तपाईँले आफ्नो सम्पत्ति देखाउनु भएको छ, कोही भर्खरका नौजवान साथीहरू हुनुहोला, तपाईँहरूसँग हुनुहुन्न भन्ने कुरा होइन । तर नागरिकको स्तरमा यो उमेरमा तपाईँहरूसँग यति धेरै सम्पत्ति कहाँबाट आएछ भनेर सोध्दै गर्दा वैध स्रोत देखाउन सक्नुहुन्छ ? त्यो साहस तपाईँहरूसँग छ कि छैन ?’

उनले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि सरकारले गरेको छानबिनमा प्रश्न उठाए। उनले भने, ‘अहिले तपाईँहरूकै जिल्लाको देखाएको जस्तो झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ, कालेकाले मिलेर खाऊँ भाले भनेर होइन। यस्तो झन्झट किन गरिराखेको ? पहिल्यै होइन भन्देको भए भइहाल्यो ?’

34 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal