आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममा उनीहरूले राजीनामाको घोषणा गरेका हुन्।

राजीनामा घोषणा कार्यक्रममा बोल्दै डा. राणाले आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुगेको बताए। उनले यसलाई खुसीभन्दा पनि दुःखद दिनका रूपमा चित्रण गर्दै आफूहरूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट अघि बढाउन नसकिएको बताए।

उनले भने, ‘हामीले आफ्नो घरैबाट छाड्नुपर्ने अवस्था आयो। यो खुसीको होइन, दुःखको दिन हो। जब आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लगाउन सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ, तब हिम्मत गरेर त्यो घर छाड्नुपर्छ र अर्को घर निर्माण गर्नुपर्छ।’

डा. राणाले विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा अघि बढाउन प्रयास गरेको दाबी गरे। उनले पार्टीको आन्दोलनको नेतृत्व गरेको, संगठन सुधार गर्न खोजेको तथा राप्रपालाई राष्ट्रकै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरेको बताए।

‘मैले राप्रपालाई सही बाटोमा, एजेन्डा प्राप्तिको बाटोमा लैजान खोजेको थिएँ। आन्दोलनको नेतृत्व गरेको थिएँ। पार्टीलाई सुधारेर राष्ट्रकै बलियो पार्टी बनाउन चाहेको थिएँ। तर मेरा ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन,’उनले भने। उनले पार्टी नेतृत्वप्रति प्रत्यक्ष आरोप नलगाउँदै आफूले छाडेको ‘घर’ अर्थात् पार्टी र त्यहाँ रहेका साथीहरूका विषयमा गुनासो नगर्ने पनि बताए। यसैगरी उनले राष्ट्रवादी शक्ति यो देशमा निर्माण गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता सबै राष्ट्रियता बोकेका, हिन्दु अधिराज्य खोजेका, यो देशमा भ्रष्टाचार हटाउन खोज्ने सबै एकजुट हुन आह्वान गरे।

13 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal