फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
काठमाडौं / डिजिटल प्रविधिको तीव्र विस्तारसँगै Facebook लगायतका सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने प्रवृत्ति नेपालमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। फेसबुक मोनिटाइजेसन सुविधा विस्तार भएसँगै हजारौं नेपाली कन्टेन्ट क्रिएटरहरू यसतर्फ आकर्षित भएका छन्। तर, आवश्यक प्राविधिक ज्ञान, नीति–नियमको स्पष्टता तथा व्यवहारिक अनुभवको अभावका कारण धेरै प्रयोगकर्ताहरू अझै पूर्ण रूपमा लाभ लिन सकेका छैनन्।
यही अवस्थालाई मध्यनजर गर्दै “MDR Team” ले नेपाली क्रिएटरहरूलाई लक्षित गर्दै प्रशिक्षण, मार्गदर्शन तथा समस्या समाधानका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। टिमका अनुसार MDR Team ले सम्पूर्ण सहयोग निःशुल्क तथा निःस्वार्थ रूपमा प्रदान गर्दै आएको छ, जसले डिजिटल कमाइतर्फ उन्मुख व्यक्तिहरूलाई थप सहजता प्रदान गरेको छ। MDR Team का संयोजक केदार तिमिल्सिना पेशाले आईटी इन्जिनियर हुन्। ओखलढुङ्गामा जन्मिएका तिमिल्सिना हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। उनी Nepal Viral Monetization Group तथा MDR Group का एडमिन समेत रहेका छन्। नेपालमा फेसबुक मोनिटाइजेसन सुविधा सुरु भएपछि उनले नेपाली क्रिएटरहरूलाई संगठित र सक्षम बनाउने उद्देश्यले MDR Team स्थापना गरेका हुन्।
टिमका अनुसार MDR Team मा नेपालका ७६ जिल्ला र विदेशका करिब २३ देशमा बसोबास गर्ने नेपालीहरूको सहभागिता रहेको छ। यसले समूहको पहुँच अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भएको देखाउँछ। MDR Team अन्तर्गत Digital Kamai Chautari, Nepali Viral & Monetization Group तथा Pardesmaa Nepali Man जस्ता डिजिटल कम्युनिटीहरू सञ्चालनमा रहेका छन्। यी प्लेटफर्महरूले क्रिएटरहरूबीच अनुभव आदान–प्रदान, सहकार्य तथा नेटवर्क विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। विभिन्न समूहहरूको नेतृत्व संरचना समेत निर्धारण गरिएको छ: Nepal Viral Monetization Group: नेतृत्व गीता खड्का, सह–नेतृत्व कविता घिमिरे Digital Kamai Chautari: नेतृत्व निर्मल योगी, सह–नेतृत्व रञ्जना श्रेष्ठ Pardesmaa Nepali Man: नेतृत्व बिकास मगर आले कान्छो, सह–नेतृत्व अमृत गुरुङ त्यसैगरी MDR Team अन्तर्गत ८ वटा सब-ग्रुपहरूको व्यवस्थापनका लागि दीपक घिमिरे लाई इन्चार्ज तथा सूर्य बहादुर खड्का लाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ।
मोनिटाइजेसनसँग सम्बन्धित समस्याहरू समाधान गर्न MDR Team ले Live issue, payout तथा tax, content guideline, followers engagement, discipline, star sender लगायतका विषयसँगै Media Help Team समेत सञ्चालनमा ल्याएको छ, जसले कन्टेन्ट गुणस्तर सुधार तथा डिजिटल प्रस्तुतीकरणमा सहयोग पुर्याउँदै आएको छ। MDR Team ले नियमित रूपमा फेसबुक लाइभमार्फत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोमबारदेखि शुक्रबार बेलुकी ७:३० देखि ९:३० बजेसम्म सञ्चालन हुने लाइभहरूमा आधारभूतदेखि उन्नत विषयहरू समेटिन्छन्। विशेषगरी शनिबार र आइतबार सञ्चालन हुने लाइभ सेसनहरूमा आम्दानी वृद्धि र व्यावहारिक रणनीतिमा केन्द्रित प्रशिक्षण प्रदान गरिन्छ। यी सेसनहरूमा फेसबुकबाट आम्दानी कसरी बढाउने, followers कसरी वृद्धि गर्ने, कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई डिजिटल माध्यमबाट कसरी आम्दानीसँग जोड्ने तथा नयाँ व्यक्तिलाई सफल content creator कसरी बनाउने भन्ने विषयमा विस्तृत जानकारी दिइन्छ। यस सन्दर्भमा #MDR टिमका इन्चार्ज दीपक घिमिरे ले बताएका छन्, “फेसबुक मोनिटाइजेसनको यात्रामा MDR Team ले प्रयोगकर्ताहरूलाई आवश्यक सहयोग उपलब्ध गराउँदै समस्या समाधानलाई सहज बनाएको छ।” Digital Kamai Chautari का नेतृत्वकर्ता निर्मल योगी ले भने, “डिजिटल युगमा हरेकको हात–हातमा मोबाइल पुगेको अवस्थामा MDR Team ले सबैलाई डिजिटल माध्यमबाट आम्दानी गर्ने अवसरमा जोड्ने काम गरिरहेको छ।”
त्यसैगरी MDR महिला इश्यू हेल्प टिमकी लिड शुशिला उप्रेती ले बताएकी छन्, “डिजिटल युगसँगै महिला मित्रहरूले विभिन्न समस्या भोगिरहेका छन्। यदि तपाईं त्यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने MDR महिला इश्यू हेल्प टिममार्फत समाधानका लागि हामी सहयोग गर्न तयार छौं।” टिम संयोजक तिमिल्सिनाले MDR Team को उद्देश्य केवल मोनिटाइजेसन सुविधा उपलब्ध गराउनु मात्र नभई नेपाली क्रिएटरहरूलाई डिजिटल रूपमा सक्षम र आत्मनिर्भर बनाउनु रहेको बताएका छन्। उनले नेपाली कन्टेन्टलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने दीर्घकालीन लक्ष्य समेत रहेको जानकारी दिएका छन्।
डिजिटल अर्थतन्त्र विस्तार हुँदै गएको वर्तमान सन्दर्भमा MDR Team जस्ता पहलहरूले नेपाली युवाहरूलाई नयाँ अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। हाल MDR Team सामाजिक सञ्जालमा सक्रिय हजारौं नेपाली क्रिएटरहरूको भरोसायोग्य प्लेटफर्मका रूपमा स्थापित भइसकेको छ र आगामी दिनमा अझ व्यापक रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
6 thoughts on “फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित”
Leave a Reply
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार






तपाईको सपनाको साथी #MDR.धन्यबाद 🙏 दिप्पु खड्गा सर।साथै #MDR Leader केदार तिमल्सेना र #MDR Team लाई हार्दिक बधाई 🙏🙏।
Good information
Good information ☺️
Great work dipu Khadka sir
अबसर र चुनाैति दुवै छ यसमा जे हाेस केदार सरकाे प्रयासलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
धन्यवाद
Ramkrishna Duwadi
दीपु खड्का सर तपाईँले देखाउनुभएको एमडिआर प्रतिको मायाको लागि मुरीमुरी धन्यवाद।