होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन २७ र २८ गते पोखरामा हुने

२०८२ चैत्र २२ गते, आईतवार

काठमाडौं, चैत्र २२ । होटल व्यवसायी महासंघ नेपालले आफ्नो १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशन आगामी २०८२ चैत २७ र २८ गते गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा आयोजना गर्ने भएको छ ।

महासंघले सम्बन्धित सबै संघसंस्था तथा पदाधिकारीलाई जानकारी दिँदै उक्त कार्यक्रम कास्की जिल्लाको पोखरामा सम्पन्न हुने जनाएको हो । महासंघका अनुसार साधारणसभामा अध्यक्षको संस्थागत मन्तव्य, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पारित गरिने छ । महासंघले प्रत्येक सदस्य संस्थाबाट ५ जना प्रतिनिधि र २ जना पर्यवेक्षक सहभागी हुन सक्ने व्यवस्था गरेको जनाएको छ ।

दुर्गम जिल्लाबाट आउने प्रतिनिधि तथा संस्थालाई भने उक्त शुल्कमा ५० प्रतिशत छुट दिइने महासंघले जनाएको छ । महासंघका महासचिव टी.आर. भण्डारी ‘शंकर’ ले एक सूचना जारी गर्दै आवश्यक प्रक्रिया समयमै पूरा गरी कार्यक्रममा सहभागी हुन सबै सम्बद्धलाई आग्रह गरेका छन् । महासचिव भण्डारीले यो साधारणसभा केवल एक औपचारिक कार्यक्रममात्र नभई यसले आगामी दिनमा पर्यटन क्षेत्रको भविष्यसँग पनि जोडिने भएकाले त्यसबारे पनि छलफल र अन्तरक्रिया हुने बताएका छन् ।

84 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal