होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन २७ र २८ गते पोखरामा हुने
काठमाडौं, चैत्र २२ । होटल व्यवसायी महासंघ नेपालले आफ्नो १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशन आगामी २०८२ चैत २७ र २८ गते गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा आयोजना गर्ने भएको छ ।
महासंघले सम्बन्धित सबै संघसंस्था तथा पदाधिकारीलाई जानकारी दिँदै उक्त कार्यक्रम कास्की जिल्लाको पोखरामा सम्पन्न हुने जनाएको हो । महासंघका अनुसार साधारणसभामा अध्यक्षको संस्थागत मन्तव्य, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पारित गरिने छ । महासंघले प्रत्येक सदस्य संस्थाबाट ५ जना प्रतिनिधि र २ जना पर्यवेक्षक सहभागी हुन सक्ने व्यवस्था गरेको जनाएको छ ।
दुर्गम जिल्लाबाट आउने प्रतिनिधि तथा संस्थालाई भने उक्त शुल्कमा ५० प्रतिशत छुट दिइने महासंघले जनाएको छ । महासंघका महासचिव टी.आर. भण्डारी ‘शंकर’ ले एक सूचना जारी गर्दै आवश्यक प्रक्रिया समयमै पूरा गरी कार्यक्रममा सहभागी हुन सबै सम्बद्धलाई आग्रह गरेका छन् । महासचिव भण्डारीले यो साधारणसभा केवल एक औपचारिक कार्यक्रममात्र नभई यसले आगामी दिनमा पर्यटन क्षेत्रको भविष्यसँग पनि जोडिने भएकाले त्यसबारे पनि छलफल र अन्तरक्रिया हुने बताएका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





