काठमाडौंबाट गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ
काठमाडौँ । काठमाडौँमा प्रहरीले विभिन्न क्षेत्रमा रहेर गुण्डागर्दी गर्ने १८ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार राति भएको अपरेसनमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५ र उपत्यका अपराध अनुसन्धान कार्यालयले १३ जनालाई समातेको हो । काठमाडौँको सार्वजनिक जनजीवन सुरक्षित र भयरहित बनाउने नीतिअनुसार थप अरु पनि पक्राउ पर्नसक्ने जिल्ला प्रहरी काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले बताए ।
प्रहरीका अनुसार, डिम्पल भनिने प्रविण तामाङलाई पक्राउ गरिएको छ । उनी श्याम लामा समूहमा सक्रिय रहेर बौद्द एरियामा गुण्डागर्दीमा संलग्न रहेको पाइएको छ । यस्तै, प्रहरीले कलंकी–बाफल एसियाबाट बिर्जु महर्जनलाई पक्राउ गरेको छ । उनी त्यहाँ गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
यस्तै, प्रहरीले कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दीमा सक्रिय सुजन कार्कीलाई पनि पक्राउ गरेको छ । प्रहरीले स्यूचाटार एरियामा गुण्डागर्दीमा सक्रिय सरु गुमागार्इलाई पनि नियन्त्रणमा लिएको छ ।
यस्तै, बौद्धमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा विकि लामालाई पनि पक्राउ गरेको जनाएको छ । यस्तै, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले थप १३ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





