काठमाडौंबाट गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ

२०८२ चैत्र २१ गते, शनिबार

काठमाडौँ । काठमाडौँमा प्रहरीले विभिन्न क्षेत्रमा रहेर गुण्डागर्दी गर्ने १८ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार राति भएको अपरेसनमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५ र उपत्यका अपराध अनुसन्धान कार्यालयले १३ जनालाई समातेको हो । काठमाडौँको सार्वजनिक जनजीवन सुरक्षित र भयरहित बनाउने नीतिअनुसार थप अरु पनि पक्राउ पर्नसक्ने जिल्ला प्रहरी काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले बताए ।

प्रहरीका अनुसार, डिम्पल भनिने प्रविण तामाङलाई पक्राउ गरिएको छ । उनी श्याम लामा समूहमा सक्रिय रहेर बौद्द एरियामा गुण्डागर्दीमा संलग्न रहेको पाइएको छ । यस्तै, प्रहरीले कलंकी–बाफल एसियाबाट बिर्जु महर्जनलाई पक्राउ गरेको छ । उनी त्यहाँ गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

यस्तै, प्रहरीले कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दीमा सक्रिय सुजन कार्कीलाई पनि पक्राउ गरेको छ । प्रहरीले स्यूचाटार एरियामा गुण्डागर्दीमा सक्रिय सरु गुमागार्इलाई पनि नियन्त्रणमा लिएको छ ।

यस्तै, बौद्धमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा विकि लामालाई पनि पक्राउ गरेको जनाएको छ । यस्तै, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले थप १३ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

42 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal