नरैनापुर गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नेपालगन्ज । नरैनापुर गाउँपालिका बाँकेको चालु आ.ब. २०८२–०८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ ।
नरैनापुर गाउँपालिकाको आयोजनामा नरैनापुर ४ रंगशालामा सम्पन्न सुनुवाईमा सरोकारवाला र सुनुवाईका सहभागिहरु बिच भएको दोहोरो प्रश्नोत्तर पश्चात ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा पालिका भित्र रहेका गुरुकुल पाठशालाको सुधारका लागि शिक्षा समिति मार्फत निर्णय गरि कार्यपालिकामा पठाउने, पालिका भित्र सञ्चालीत बिद्यालयहरुमा ब्यवस्थापन समिति चयन गर्दा सबै अभिभावकलाई जानकारी नहुने गरेको भन्ने गुनासो आएकाले आगामी दिनमा सार्वजनिक सुचनागरी ब्यवस्थापन समिति चयन गर्ने, नरैनपुर ४ मा निर्माण सम्पन्न खानेपानी ट्यांकी सञ्चालनका लागि आवश्यक पहल गर्ने, पालिकाको योजनामा रहेका धारा तथा बोरिंग आवश्यकताको आधारमा यथासक्य वितरण कार्य शुरु गर्ने, पालिका भित्र सडक निर्माण गर्दा नाला ब्यवस्थापन अनिवार्य गर्ने, योजनाको प्रभावकारी अनुगमन गर्ने र सडक अतिक्रमणका कारण दूघर्टना बढीरहेकाले अतिक्रमण हटाउन आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
सुनुवाईमा बास नेपालका निर्देशक हेमराज भट्टले सुनुवाईको उद्धेश्यसँगै सुनुवाई पूर्व गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा गरेका थिए भने पालिकाले चालु आर्थिक बर्षमा गरेका क्रियाकलापहरुको प्रगति प्रतिबेदन नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज वलीले प्रश्तुत गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले सहजिकरण गरेको सुनुवाईमा स्वागत नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मी कान्त मिश्राले गरेका थिए ।
सुनुवाईमा प्रश्न, जिज्ञासा राख्ने सहभागिहरुले गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई गरी पालिकाको प्रगतिको बारेमा जानकारी गराउनुका साथै प्रश्नोत्तरको अवसर प्रदान गरेकोमा खुसी ब्यक्त गरेका थिए । पालिकाको समग्र विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, लक्षित बर्ग उत्थान कार्यक्रम लगायतका बिषयमा सहभागिहरुले खुलेर प्रश्न राखेका थिए भने सहभागिको प्रश्नको उत्तर जवाफदेहि बक्ताको रुपमा आसिन जनप्रतिनिधि र कर्मचारीले दिएका थिए । सुनुवाईमा १६० बढीको सहभागिता रहेको थियो ।
ताजा
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





