नरैनापुर गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नेपालगन्ज । नरैनापुर गाउँपालिका बाँकेको चालु आ.ब. २०८२–०८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ ।
नरैनापुर गाउँपालिकाको आयोजनामा नरैनापुर ४ रंगशालामा सम्पन्न सुनुवाईमा सरोकारवाला र सुनुवाईका सहभागिहरु बिच भएको दोहोरो प्रश्नोत्तर पश्चात ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा पालिका भित्र रहेका गुरुकुल पाठशालाको सुधारका लागि शिक्षा समिति मार्फत निर्णय गरि कार्यपालिकामा पठाउने, पालिका भित्र सञ्चालीत बिद्यालयहरुमा ब्यवस्थापन समिति चयन गर्दा सबै अभिभावकलाई जानकारी नहुने गरेको भन्ने गुनासो आएकाले आगामी दिनमा सार्वजनिक सुचनागरी ब्यवस्थापन समिति चयन गर्ने, नरैनपुर ४ मा निर्माण सम्पन्न खानेपानी ट्यांकी सञ्चालनका लागि आवश्यक पहल गर्ने, पालिकाको योजनामा रहेका धारा तथा बोरिंग आवश्यकताको आधारमा यथासक्य वितरण कार्य शुरु गर्ने, पालिका भित्र सडक निर्माण गर्दा नाला ब्यवस्थापन अनिवार्य गर्ने, योजनाको प्रभावकारी अनुगमन गर्ने र सडक अतिक्रमणका कारण दूघर्टना बढीरहेकाले अतिक्रमण हटाउन आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
सुनुवाईमा बास नेपालका निर्देशक हेमराज भट्टले सुनुवाईको उद्धेश्यसँगै सुनुवाई पूर्व गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा गरेका थिए भने पालिकाले चालु आर्थिक बर्षमा गरेका क्रियाकलापहरुको प्रगति प्रतिबेदन नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज वलीले प्रश्तुत गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले सहजिकरण गरेको सुनुवाईमा स्वागत नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मी कान्त मिश्राले गरेका थिए ।
सुनुवाईमा प्रश्न, जिज्ञासा राख्ने सहभागिहरुले गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई गरी पालिकाको प्रगतिको बारेमा जानकारी गराउनुका साथै प्रश्नोत्तरको अवसर प्रदान गरेकोमा खुसी ब्यक्त गरेका थिए । पालिकाको समग्र विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, लक्षित बर्ग उत्थान कार्यक्रम लगायतका बिषयमा सहभागिहरुले खुलेर प्रश्न राखेका थिए भने सहभागिको प्रश्नको उत्तर जवाफदेहि बक्ताको रुपमा आसिन जनप्रतिनिधि र कर्मचारीले दिएका थिए । सुनुवाईमा १६० बढीको सहभागिता रहेको थियो ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





