लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा पक्राउ

२०८२ चैत्र १६ गते, सोमबार

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन् ।
शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ। बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो। त्यसबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर शाहले २९ माघ २०८१ मा सामाजिक सञ्जालमा लेखेका थिए।
उनले ‘सरी नानु, तिम्रा पीडकविरुद्ध मुद्दा नचल्ने बनाइयो, नआत्तिनू, समय आउनेछ’ भन्दै पीडित बालिकालाई हौसला दिएका थिए ।

शाहले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्य गर्न शिक्षा र सामाजिक चेतनाको आवश्यकता रहेको पनि उल्लेख गरेका थिए।

85 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal