देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल

२०८२ माघ २० गते, मंगलवार

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् ।
नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए । नेपाली कांग्रेससँग नागरिकका गुनासा छन्, उनले भने,अपेक्षा झन् धेरै छन् । नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी छौं ।

आम निर्वाचन २०८२ का लागि देश विकासका भिजन समेटिएको घोषणा पत्र तयार हुँदै गरेको भन्दै उनले यसले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्ग चित्र तय गर्ने बताए । ‘नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौ,’ उनले भने,‘तपाईं सबैको साथ अपेक्षा गरेका छौं ।’

देशैभर कांग्रेस उम्मेदवारहरु चुनावी मैदानमा अघि बढिरहेको भन्दै उनले फेरिएको नीति र नेतृत्व दुवैले नयाँ उर्जा दिएको बताए ।
महामन्त्री पौडेलले काठमाडौं ५ को सांसदका रुपमा आफूले विगतमा इमान्दार भएर क्षेत्र र राष्ट्रको विकास तथा नीति निर्माणमा काम गरेको भन्दै उनले विगतमा आफूले थालेका असल अभ्यासको निरन्तरता दिंदै अझ धेरै काम गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको बताए ।

21 Views

ताजा

पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न

२०८२ माघ २० गते, मंगलवार

पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न

२०८२ माघ २० गते, मंगलवार

देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल

२०८२ माघ २० गते, मंगलवार

गाली होइन आलोचना लोकतन्त्रको आत्मा हो

२०८२ माघ २० गते, मंगलवार

उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

२०८२ माघ २० गते, मंगलवार

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा

२०८२ माघ २० गते, मंगलवार

निर्वाचन आउन ३० दिन बाँकीः ७६ जनाको नाम हटयो

२०८२ माघ २० गते, मंगलवार

जापानमा राष्ट्रपति पौडेल

२०८२ माघ १९ गते, सोमबार

पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने  

२०८२ माघ १९ गते, सोमबार

जुम्लाबाट उम्मेदवार बनेका मनऋषि धिताल भन्छन्ः जनताले मलाई जिताउछन्    

२०८२ माघ १९ गते, सोमबार

‘लोभी नजर’ सार्वजनिक

२०८२ माघ १९ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal