गाली होइन आलोचना लोकतन्त्रको आत्मा हो
लेखनाथ सिकारू
नेपालको राजनीतिमा अचेल एउटा गहिरो र चिन्ताजनक खडेरी देखापरेको छ विचारको खडेरी । चुनाव नजिकिँदै जाँदा राजनीतिक मञ्चहरू तातिएका छन्, सामाजिक सञ्जाल विषाक्त बनेका छन्,तर राष्ट्रको भविष्यसँग गाँसिएका सवालहरू भने बेवारिसे छन्। दलहरू मैदानमा उत्रिएका छन्, तर एजेण्डा बोकेर होइन गाली, आरोप र भीड उक्साउने नाराबाजी बोकेर।
पहिले दलहरूबीच वैचारिक ध्रुवीकरण हुन्थ्यो। समाजवाद, लोकतान्त्रिक समाजवाद, उदारवाद, माओवाद, राजावाद यी शब्दहरू कम्तीमा राजनीतिक बहसका आधार थिए। आज ती सबै केवल घोषणापत्रका सजावटी शब्द बनेका छन्। व्यवहारमा न समाजवाद देखिन्छ, न लोकतान्त्रिक मूल्य मान्यता नै । विचारको स्थान सत्ता प्राप्तिको गणितले लिएको छ। विचार नहुँदा राजनीति दिशाहीन हुन्छ, र दिशाहीन राजनीति अन्ततः जनविरोधी बन्छ। यस्तै छ यहाँको चलन । एजेण्डाको सट्टा गाली सजिलो तर खतरनाक राजनीति अस्त्र हो । त्यो कुनैवेला प्रत्युत्पादक र आत्मघाति पनि हुन सक्छ ।
आजको राजनीतिक बहस ‘के गर्ने रु’ भन्ने प्रश्नमा होइन,‘को खराब रु’ भन्ने प्रश्नमा सीमित छ। मञ्चमा उभिएर विपक्षीलाई होच्याउने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, विदेशीको दलालको आरोप लगाउने यिनै अभ्यासलाई राजनीति ठानिएको छ। जति बढी गाली, त्यति बढी तालीको लाजनिति चलेको छ ।
गाली लोकतन्त्रको भाषा होइन। आलोचना लोकतन्त्रको आत्मा हो, तर त्यो आलोचना तर्क, तथ्य र विकल्पसहित हुनुपर्छ। आज आलोचनाको नाममा अशोभनीय शब्द, निकृष्ट वाक्यगठन र उन्मादी भाव भङ्गी हावी छन्। यसले विपक्षीलाई होइन, राज्य र लोकतन्त्रप्रति नागरिकको विश्वासलाई चोट पुर्याइरहेको छ। नितिहरुको माउ निति राजनितिमा त्यो अशोभनिय छ ।
विडम्बना के छ भने, हरेक प्रधानमन्त्री ‘विदेशीको दलाल’ भन्दै विदा गरिन्छ। यस्तो भाष्यले क्षणिक राजनीतिक फाइदा त दिन सक्छ, तर दीर्घकालमा यसले राष्ट्रिय संस्थामाथि नै अविश्वासको बीउ रोप्छ। क्षणिक जितका लागि निन्दाको राजनीतिलाई निरन्तरता दिनु आत्मघाती प्रवृत्ति हो।
दलहरुमा एजेण्डाविहीन दलतन्त्र र ‘गणेश प्रवृत्ति भौलाएको छ आजका राजनीतिक दलहरू विचार र निष्ठामा होइन, पैसा, सम्बन्ध र चाकडीमा चलिरहेका छन्। एउटै दलभित्र पाँच छ वटा गुट उपगुट छन्। अनुशासन कागजमा छ, व्यवहारमा छैन।
टिकट बाँडफाँटमा योग्यता, योगदान र इमान होइन मनि मसल ९ठेकेदार, व्यवसायी, तस्कर० प्राथमिकतामा पर्छन् । चुनाव जिताइन्छ, नेता बनाइन्छ, अनि सत्ता दोहनको चक्र चलाइन्छ। यसलाई लोकतन्त्र होइन, दलतन्त्रभित्रको भोकतन्त्र र लोभतन्त्र प्रवृत्ति भन्नुपर्छ।
यही कारणले अध्ययनशील, इमानदार र दृष्टिकोण भएका मान्छे दलमा टिक्दैनन्। त्यसबेला राजनीति ‘पैसा र पावर’ को खेलमा सीमित हुन्छ र एजेण्डा कोमामा पुग्छ । चुनावमा खुलेआम टिकट बिक्री हुन्छ। टिकट लिएर दल परिवर्तन हुन्छ परिणामस्वरूप जनतामा एउटा खतरनाक मानसिकता स्थापित हुन्छ र भइसकेको छ “सबै उस्तै हुन्।”
भूईँमान्छेहरू आज पनि उही पीडामा छन बेरोजगारी, महँगी, किसानको उपजले मूल्य नपाउनु, श्रमिकको असुरक्षा, युवाको विदेश पलायन, शिक्षा र स्वास्थ्यको व्यापारीकरण अपराधमा राजनितिकरण र राजनितिमा अपराधिकरण ।
तर यी मुद्दा न त मञ्चमा गम्भीरतापूर्वक उठाइएका छन्, न त घोषणापत्रमा ठोस कार्यदिशासहित प्रस्तुत भएका छन्। जनताको दैनिकीभन्दा नेताहरूको अहंकार ठूलो बनेको छ।
राजनीतिले जनताको जीवन बदल्नुपर्थ्यो, तर आज जनताको नाम लिएर जनताकै पीडा बिर्सिने अभ्यास हावी छ। नेता र नेताकाहरुको जीवन मात्र वदलिएको छ । चुनाव जनताको भविष्य तय गर्ने प्रक्रिया होइन, नेताको सत्ता सुरक्षित गर्ने साधन बनेको छ।
अर्को तर्फ हामी आज यस्तो युगमा प्रवेश गरेका छौँ जहाँ ‘भ्युज’ र ‘फलोअर्स’ का आधारमा राजनीतिक शक्ति मापन हुन थालेको छ। सामाजिक सञ्जालका इन्फ्लुएन्सरले जे उठाए, दलहरू त्यही पछ्याउन बाध्य छन्।
राष्ट्रिय मुद्दाहरु जलवायु परिवर्तन, वैदेशिक ऋण, उत्पादनमुखी अर्थतन्त्र यी विषय बहसबाटै गायब हुँदै गएका छन्। भूगोलभन्दा गुगल लोकप्रिय बनेको छ। भर्चुअल तालीले वास्तविक धरातललाई विस्थापित गरिरहेको छ।
यही कारण युवाहरू राजनीतिबाट टाढा हुँदैछन्। राम्रा मान्छे देश छाडिरहेका छन्। नेताहरूका आफ्नै छोराछोरी राजनीतिमा छैनन् किनकि उनीहरूलाई नै राजनीतिप्रति विश्वास छैन। जब नेतृत्व स्वयं अविश्वस्त हुन्छ, त्यो प्रणाली कति खोक्रो छ भन्ने बुझ्न गाह्रो छैन।
आज नेपालको राजनीतिमा स्पष्ट रूपमा देखिएको छ नेतृत्वको सङ्कट र नेतृत्वको अभाव। विचार दिन सक्ने, एजेण्डा तय गर्न सक्ने, अनुशासन र पारदर्शिताको उदाहरण दिन सक्ने नेतृत्व खोज्दा सायदै भेटिन्छ। राजनीति ‘ट्रायल सेन्टर’ जस्तो बनेको छ जो आए पनि प्रयोग गर्छ, देश असफल भयो भने जिम्मेवारी लिँदैन। तर इतिहास सधैं सम्झन्छ कसले के भन्यो होइन, कसले के गर्यो ?
लोकतन्त्रको सौन्दर्य भनेकै जनताले आवधिक निर्वाचनमार्फत असल नेतृत्व छान्ने अवसर पाउँछन्। अत मताधिकार विवेकपूर्ण ढङ्गले प्रयोग गरियो भने न हेलिकप्टरबाट भाग्नुपर्छ, न रगत बगाउनुपर्छ। अवस्था परिवर्तन अहिलेको मुख्य एजेण्डा बन्नुपर्छ राजनितीमा ।
अन्त्यमा शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमा केन्द्रित एजेण्डा भएका वैचारिक भिन्नतालाई शालीन बहसमा बदल्ने संस्कार सहित आलोचना गर्ने तर समाधान पनि प्रस्तुत गर्ने परिपक्वता सहितका नेताहरु खोजौ र रोजौं । नेताभन्दा नीति केन्द्रमा राख्ने साहस दलहरूले पनि गरुन् । शत्रुतापूर्ण व्यवहार होइनन् प्रतिस्पर्धी व्यवहार र विचारमा बनौ । यदि आज पनि दलहरूले आत्मसमीक्षा गरेनन् भने भोलि इतिहासले प्रश्न सोध्नेछ र त्यो प्रश्न निक्कै भारी पनि हुने छ ।
“तिमीहरूले सत्ता त खोज्यौ, रोज्यौ तर जनताको पीडा कहाँ र कस्तो थियो रु” यो प्रश्नको उत्तर खोज्न सकौं गालीले क्षणिक चर्चा दिलाउन सक्छ, तर एजेण्डाले मात्र विश्वास निर्माण गर्छ। अब चुनावलाई गालीको उत्सव होइन, एजेण्डाको महोत्सव बनाऔँ।
जनतालाई ताली बजाउने भीड होइन, प्रश्न सोध्ने सचेत नागरिक बनाऔँ र बनौ पनि । राजनीतिलाई फेरि एकपटक जनताको जीवनसँग जोडौँ । त्यहीँबाट लोकतन्त्रको वास्तविक पुनर्जागरण सुरु हुन्छ। लोकतन्त्र जिन्दावाद ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





