पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न

२०८२ माघ २० गते, मंगलवार
नेपालगञ्ज / बास नेपालको आयोजनामा आयोजित पब्लिक स्पिच कार्यक्रमको अडिसन राउण्ड  भब्यताका साथ सम्पन्न भएको छ । अडिसन राउण्डबाट १० जना प्रतिस्पर्धी फाईनल राउण्डमा छनौट भएका छन् ।
बिद्यार्थी, युवाहरुको बक्तृत्व शिप अभिबृद्धि गर्नका लागि बिगतका बर्षका देखि  बास नेपालले आयोजना गर्दै आएको पब्लिक स्पिच कम्पिटिसन (सार्वजनिक मन्तव्य प्रतियोगिता) बाँकेको चौथो श्रंखला अनतर्गत आज नेपालगञ्जमा भएको अडिसन १० जना सहभागीहरु फाईनल राउण्डका लागि छनौट भएका हुन ।
बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजित प्रतियोगतामा बाँके जिल्लामा रहेका बिभिन्न बिद्यालय, कलेजहरु बाट गरि १५ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
नेपालगञ्ज मोडेल एकेडेमी, पशुपति माबि राँझा, वेष्ट जोन ई. मि स्कुल, सिटि पब्लिक, श्री ज्ञानोदय मा.बि,  कृष्ण माबि, महेन्द्र बहुमुखी क्याम्पस, लक्ष्मी माबि सगरमाथा ज्ञानपुुञ्ज र मंगल प्रसााद नमुना माबि बाट सहभागी भएका प्रतिस्पर्धीहरुले नैतिकता भ्रष्टाचार नियन्त्रणको प्रमुख आधार, मेरो देशको समृद्धिका आधारहरु, देशको मुल प्रभाहमा अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिताको सुनिश्चतता बिषयमा आफ्नो मन्तब्य राखेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माको प्रमुख आथित्यतामा सञ्चालन भएको कार्यक्रममा शिक्षाबिद किरण आचार्य, बरिष्ठ पत्रकार द्धय रुद्र खड्का, कृष्ण अधिकारी उक्त प्रतियोगिताको निर्णायकको भुमिकाका रहेका थिए भने जनाउ घण्टीका बास नेपालकी कार्यक्रम संयोजक शोभा थापामगर रहेकी थिईन् ।
कार्यक्रमको प्रमुख अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले गमलामा पानी हालेर कार्यक्रमको उद्धघाटन गरेका थिए ।
गोलाप्रथाको आधारमा बिषयबस्तु छनौट गरी तोकिएको बिषयमा आफ्नो वाक क्षमता प्रस्तुत गर्ने सहभागीहरुले ४ मिनेटको समयमा आफनो भनाई सक्नुपर्ने थियो भने उक्त प्रतियोगितामा  सहभागी प्रतिस्पर्धीहरुको प्रतिभा र निर्यायकहरुको मुल्याँकनबाट १० जना प्रतिस्पर्धीहरु छनौट भएका छन् । जस मध्ये बर्षिका भण्डारी, सृष्टि बुढामगर, मनिषा उपाध्याय, लक्ष्मी पोख्रेल, आशिका केसी, चन्द्रलाल जैशी, दिक्षिका खत्री, प्रनिशा भट्टराई, सगुन तिवारी, सबिना कठायत पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको फाईनल राउण्डका लागि छनौट भएका छन् । फाईनलमा छनौट भएका प्रतिस्पर्धीहरुलाई शान्ति, समृद्धि र बिधिको शासनको लागि मेरो भुमिका, बौद्धिक पलायन रोकथामको दिगो उपाय, युवा स्वरोजगारका सम्भावनाहरु र युवा शक्तिको सदुपयोग, नेपालमा आर्थिक स्वतन्त्रताका नबिन उपायहरु भन्ने बिषयमा बोल्नु पर्ने हुन्छ भने फाईनल राउण्ड यहि माघ २८ गते सि.एस.टि होटेल नेपालगञ्जमा हुनेछ ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको प्रतियोगितामा स्वागत तथा कार्यक्रममको उद्धेश्यमाथि बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।
119 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal