माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज
काठमाडौं । आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदा अनुभवी कलाकारहरूको सिनेमा दर्शकसामु आउनेछ । आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको यो चलचित्रमा अभिनय रहेको छ ।
अभिनयको क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरेका चलचित्रकर्मीको चलचित्र हो, ‘द ब्ल्यू लाइट’ । यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत नै आफूलाई प्रमाणित गरिसकेकी थिइन् । यो चलचित्रमा अर्का मुख्य कलाकार हुन्, महेश त्रिपाठी । जसले ‘हल्कारा’मार्फत नै उनले आफूलाई अब्बल दर्जाको अभिनेता प्रमाणित गसिकेका थिए । अहिले हलमा रहेको चलचित्र ‘परान’मा पनि महेश छन् ।
अर्पण थापा, जो नेपाली चलचित्र उद्योगमा सीमित अब्बल कलाकारमध्ये उनी एक हुन् । जसको एटिच्युड निकै लोभलाग्दो हुने गरेको छ ।
आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठजस्ता लोकप्रिय कलाकार यो सिनेमामा छन् । सुरक्षा इटानी, ग्रिस्मा कटुवाल र सहारा शर्माको पनि यो चलचित्रमा अभिनयमा रहनेछन् ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो । तर, चिफ एडीको रुपमा भने उनले थुप्रै चलचित्रमा काम गरेको अनुभव छ । गएको दसैँमा रिलिज भएको ‘बलिदान’को निर्देशकीय टिममा पनि बलिराम थिए ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । हालै युट्युबमा ट्रेलर सार्वजनिक भएसँगै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् । धेरै दर्शकले नेपाली चलचित्रमा नयाँ स्वाद र फरक विधाको आगमन भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
गत शुक्रबार रिलिज गरिएको यो ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ कौतुहलता र चर्चा पैदा गरेको छ । धेरैले चलचित्रको सस्पेन्स र कलाकारहरूको ‘पावरफुल’ अभिनयको तारिफ गरेका छन् । विशेष गरी गम्भीर र जटिल विषयवस्तुमा आधारित चलचित्र रुचाउने दर्शकहरूका लागि ‘द ब्ल्यू लाइट’ विशेष हुन सक्ने देखिन्छ ।
ट्रेलरको सुरुवातदेखि नै रहस्यमयी र अँध्यारो परिवेश देखाइएको छ । अभिनेत्री बेनिशाले ‘माया’ नामक युवतीको भूमिका निर्वाह गरेकी छिन्, जो एक्लोपन र कुलतमा फसेकी देखिन्छिन् । ट्रेलरमा देखाइएका दृश्यहरूले मायाको जीवनमा घटेका रहस्यमय घटनाहरू, प्रेम, धोका र बदलाको कथालाई संकेत गर्छन् । विशेष गरी अर्पण थापाको रहस्यमयी भूमिका र प्रहरी सोधपुछका दृश्यहरूले चलचित्रको सस्पेन्सलाई अझ थप उचाइ दिएको छ । ‘विक्रम’ भन्ने पात्रको वरिपरि घुमेको रहस्य र ‘द ब्ल्यू लाइट’ को अर्थ के हो भन्ने कुराले ट्रेलरलाई थप रोचक बनाएको छ ।
निर्देशक चौहानका अनुसार चलचित्रको विषयवस्तु नयाँ नभए पनि यसलाई प्रस्तुत गर्ने शैली फरक छ । “हामीले देखाउन खोजेको विषयवस्तु नयाँ पक्कै पनि छैन । तर हामीले त्यही कुरालाई नयाँ शैलीमा देखाएका छौ,” निर्देशक चौहान भन्छन्, “यस भित्र रहेका पात्रका संवेग र भावनाहरू उच्च संवेदनशील छन् जसले दर्शकलाई एक खालको अनुभव दिन्छ भने आशा गर्दछौ ।”
चलचित्र ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने यस चलचित्रका छायाकार समेत रहेका नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





