शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
काठमाडौं । पहिला देश (पिलुल्स रिभोल्यूसन) ले मंसिर ५ गतेदेखि पौष १० गतेसम्म पूर्वको पाथिभरादेखि पश्चिम लिम्यिाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ । पहिला देशले बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शुसिला कार्की नेतृत्वको सरकारको विस्थापनको मागसमेत गरेको छ ।
पहिला देशका संयोजक एसपी शाहले वर्तमान सरकारले जेन्जीको बलिदानको अबमूल्यन गरेर पुरानै बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरुले उनको विस्थापन र देशको निकासका लागि संघर्षको घोषणा गर्नुपरेको बताए ।
पहिला देशका प्रवक्ता डा.निकोलस भुसालले जेन्जी युवाहरुलाई गोलि हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पक्राउ गर्नुको सट्टा आफूहरुलाई पक्रने कार्य गैरन्यायीक भएको जिकिर गरेका छन् । बदलिदो परिस्थिति अनुसार देशलाई नयाँ निकास दिनुको सट्टा भ्रष्टाचार र कुशासनलाई नै निरन्तरता दिने वर्तमान सरकारका प्रधानमन्त्री कार्कीले राजिनामा दिनुपर्ने भुसालले बताए ।
पहिला देशका सचिवालय सदस्य धरणीधर दाहालले शुसिला कार्की सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै आएको जिकिर गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन नहुने आवस्थामा फागुन २१ गते चुनाव हुन नदिने चेतावनी दिए ।
दाहालले देश निरन्तर राजनैतिक अक्रमन्यतातिर अभिमुख भएकोले पूर्व–पश्चिम यात्रा अभियान चलाएको जानकारी दिए । उनका अनुसार मंसिर ५ गते ताप्लेजुङबाट यात्रा सुरु गरेर पुष ५ गते पश्चिम लिम्पियाधुरासम्म पुग्ने जानकारी गराए ।
संकल्प यात्रा अभियानः
मंसिर ५ गते ताप्लेजुङ र पाँचथर,मंसिर ६ गते इलामा र झापा,७ गते मोरङ–सुनसरी,९ गते धनकुटा–भोजपुर, १० गते खोटाङ,११ गते ओखलढुङ्गा–सिन्धुली, १३ गते सप्तरी,सिराहा र धनुषा, १५ गते बारा,पर्षा र रौतहट, १६ गते मकवानपुर, चितवन र नवलपरासी, १८ गते रुपन्देही,कपिलबस्तु र दाङ,१९ गते प्युठान,रोल्पा र रुकुम,२१ गते सल्यान र जाजरकोट,२१ गते सुर्खेत र दैलेख,२३ जुम्ला र कालिकोट, २५ बजाङ र बाजुरा, २६ गते दार्चुला र बैतडी,२८ गते डडेलधुरा र कञ्चनपुर, ३० गते कैलाली र डोटी, पुष १ गते अछाम, ३ गते बाँके र बर्दिया, ४ गते लिम्पियाधुारा ।
त्यसैगरी काठमाडौं र वरिपरिका ७ जिल्लामा पुष ७ गतेदेखि १० गतेसम्म पहिला देश९पिलुल्स रिभोल्यूसन०ले अभियान चलाउने जानकारी दिएको छ । देश दौडाहा सकेपछि पुष १५ गते राजधानी काठमाडौंमा वृहत राष्ट्रिय भेला गर्ने अभियानले जनाएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





