कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ

२०८२ कार्तिक २७ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोग तथा सरकारसँग माग गरेका छन् । धेरै स्थानहरुमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै उनले कार्तिक मसान्तसम्मको अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।

बिहीबार एक भिडियो वक्तव्य जारी गर्दै पूर्व मन्त्री पौडेलले भने,‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन । फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ ।’ दर्ताको समय पनि कार्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरु समूहका व्यक्तिहरु समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको उनले बताए ।
‘निर्वाचन आयोग र सरकारलाई प्रचार भएअनुसार सहजीकरण भएको छैन । नामावली दर्ताका लागि गएकाहरुले सजिलोसँग नाम दर्ता गराउन सकिरहनुभएको छैन । त्यसैले कार्तिक मसान्तसम्मको समय बढाएर थप समय उपलब्ध गराउनु जरुरी छ,’ उनले भने ।

नेता पौडेलले नाम दर्ता गर्ने प्रयोजनका लागि राखिएका कार्यालयमा काम छिटो र व्यवस्थित गर्न तथा थप जनशक्ति र उपकरणको व्यवस्था गरेरै भए पनि छोटो समयमा धेरै काम हुने प्रभावकारी व्यवस्था मिलाउन अनुरोध गरे । यसका लागि पनि हाल तोकिएको कार्तिक मसान्तसम्मको अवधि थप गर्नु आवश्यक रहेको उनले तर्क गरे ।

नेता पौडेलले आफैं प्रत्यक्ष रुपमा सहभागी भएर आफ्ना लागि चाहे अनुसारको नेतृत्व प्रतिनिधि छान्न पाउने अवसर भएकाले मतदाता नामावली दर्ता गरेर सहभागी बन्न जेनजी तथा सबै उमेर समूहका नागरिकसमक्ष आग्रह गरे ।

१६ वर्षकालाई मतदान, उम्मेदवार बन्न २५ वर्षको व्यवस्था घटाउन माग
नेता पौडेलले सबै उमेर समूहका चेतना भएका नागरिकलाई निर्वाचनमा सहभागी हुने स्थिती निर्माणका लागि बढी भन्दा बढी नागरिकको सहभागीताका लागि भन्दै मतदाता नामावलीमा सहभागी हुने उमेर समूह १६ वर्ष कायम हुनुपर्ने बताए । यसले जागरुक नागरिकलाई मतदानमा सहभागी हुने अवसर प्रदान गर्ने र अधिक सहभागीतामूलक हुने उनको तर्क छ ।

नेता पौडेलले सबै उमेर समूहका चेतना भएका नागरिकलाई निर्वाचनमा सहभागी हुने स्थिती निर्माणका लागि हालको उम्मेदवार बन्न २५ वर्ष हुने व्यवस्था पनि घटाउन जरुरी रहेको तर्क गरे । ‘बढीभन्दा बढी नागरिक सहभागी भए मात्र जनताले चाहेको सही प्रतिनिधि निर्वाचित हुने अवस्था बन्छ,’ उनले भने ।

https://www.facebook.com/reel/1291475853020190

125 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal