चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक भएका छन् । जसका चलचित्रका मुख्य कलाकार फिचर्ड छन् ।

दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत र सिर्जना निङ्लेखु पोस्टरमा फिचर्ड छन् । पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन् । मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन् । उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ । दुवै केही तनावमा छन् । कसैको पर्खाई वा वियोगमा रहेजस्तो देखिएको छ । दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको संकेत पोस्टरमा देखिन्छ ।

दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन् । प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन् । मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएका छन् । यी दुईबीच शिक्षक र विद्यार्थीको मात्रै सम्बन्ध हो वा प्रेमिप्रेमिका नै हुन् निर्माणपक्षले प्रष्ट पारेको छैन । उमेर हेर्दा भने प्रकाश सिर्जनाकै विद्यार्थी हुन् जस्तो देखिँदैन ।

‘मिरमिरे’ माघ १ गते रिलिज हुँदै छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन् । यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । चलचित्रका छायाकार आलोक शुक्ला हुन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।

133 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal