काँग्रेस सभापति देउवाद्धारा देशव्यापी प्रदर्शनमा उत्रन आव्हान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारको देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीता जनाउन आव्हान गरेका छन् ।
सभापति देउवाले एक प्रेस विज्ञप्ति जारी गर्दै देउवाले ‘मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण रहेको’ भन्दै ‘यसमा सक्रिय सहभागीताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुसँगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्दछु’ भनेका छन् ।
उनले भनेका छन्, ‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो ।’
सोमबारको प्रदर्शन गर्नुको कारण खुलाउँदै देउवाले लेखेका छन्, ‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’
उनले शान्तिपूर्ण प्रदर्शनका लागि आग्रह गर्दै भनेका छन्, ‘प्रदर्शनको तयारीमा जुट्नुभएका सबै तहका साथीहरूलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन म अपील गर्दछु । कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु ।’
सरकारको गलत प्रवृत्तिबारे उजागर गर्दै देउवाले भनेका छन्, ‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ रु महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ रु कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ रु’
उनले अगाडि लेखेका छन्, ‘तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी छ । ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको छ । कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ । कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ । चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ । यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ’ भनेका छन् ।
ताजा
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न
२०८३ श्रावण १८ गते, सोमबार
गीति एल्बम ‘जागृति’ लोकार्पण
२०८३ श्रावण १८ गते, सोमबार
सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान
२०८३ श्रावण १८ गते, सोमबार
पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा
२०८३ श्रावण १८ गते, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८ गते, सोमबार
निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team
२०८३ श्रावण १७ गते, आईतवार
सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १२ गते, मंगलवारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





