‘बाइडेनले सोमबार सार्वजनिकरुपमा खोप लगाउनुपर्छ’

२०७७ मंसिर २८ गते, आईतवार

एजेन्सी । पूर्व राष्ट्रपति जर्ज डब्लू बुसका स्वास्थ्य सल्लाहकार डा. जानाथन रेनियरले नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपतिले सोमबार सार्वजनिकरुपमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनुपर्ने बताएका छन् । खोपको सुरक्षाबारे आम जनतालाई आश्वास्त तुल्याउन दुवैले सार्वजनिकरुपमा खोप लगाउनुपर्ने रेनियरले बताएका हुन् ।
‘खोपले पूर्णरुपमा काम गर्न अझै एक महिना लाग्छ । दोस्रो डोज लिएको एक हप्तापछि खोपले मानिसको प्रतिरोधी क्षमता बढाउँछ,’ उनले भने । नयाँ राष्ट्रपतिको सपथ लिनुभन्दा अघि राष्ट्रपति बाइडेन भाइरसविरुद्ध प्रतिरोधी भएको हेर्न चाहन्छु ।

‘नयाँ परिस्थितिमा यो राष्ट्रपतिको सुरक्षाको लागि प्रमुख अंग हो,’ उनले भने, ‘यसले सर्वसाधारणलाई पनि सन्देश दिनेछ कि यो सुरक्षित खोप हो । मानिसहरुको चासो नै यसमा छ । मानिसहरु खोप सुरक्षित छ कि छैन भनेर खोप लगाउन सन्देहमा छन् । यदी नवनिर्वाचित राष्ट्रपतिले नै खोप लगाए भने उनीहरुको चिन्ता पनि हट्नेछ ।’
अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले फाइजर र बायोएनटेकले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । त्यस्तै, अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० को सल्लाहकार समितिले पनि १६ वर्षमाथिका लागि खोप प्रयोग गर्न सुझाव दिएको छ । सीडीसीले उक्त सुझावलाई ग्रहण गरेपछि खोप कार्यक्रम शुरु गरेको छ ।
फाइजरको खोपलाई दुई डोजमा प्रदान गरिन्छ । यो भाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको छ ।
सीएनएन

431 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal