लायन्स क्लब अफ काठमाडौ न्यु रेकीकाेले सम्पन्न गर्याे वृक्षरोपण तथा सरसफाइ कार्यक्रम
काठमाडौ : ‘नेपाल लायन्स दिवस’को अवसरमा, लायन्स क्लब अफ काठमाडौं न्यु रेकीको आयोजनामा तारकेश्वर नगरपालिक देविस्थान झण्डा पार्कमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । लायन्स सुनिता लामाकाे अध्यक्षता एवम् नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रमुख आतिथिका रुपमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे रहनु भएको थियोे भने विशेष अतिथिमा प्रथम डिष्ट्रिक्ट गभर्नर लायन सूर्य कुमार केसी साथै डिष्ट्रिक्ट कोर्डिनेटर लायन जीवन महर्जन, रिजोन चेयरपर्सन लायन सुमिता महर्जन, जोन ३७ का जोन चेयरपर्सन लायन सरस्वती श्रेष्ठ, जोन वियर पर्सन , लायन नवराज पाण्डे , लायन्स क्लब टेम्पल मा हारतीका अध्यक्ष लायन अनिल चित्रकार, तथा प्रथम अध्यक्ष लायन विकेश लामाको गरिमामय उपस्थिति रहेको थियो।
देविस्थान टोल विकास समितिका संस्थापक अध्यक्ष, उपाध्यक्ष, संस्थापक सचिव, गृह लक्ष्मी महिला समूहका अध्यक्ष एवं पूर्वअध्यक्ष, दुवै समूहका सदस्यहरू साथै लायन्स क्लब अफ काठमाडौं न्यु रेकीका सक्रिय सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो कार्यक्रमका अध्यक्ष लायन सुनिता लामाले जानकारी दिनु भएको छ । स्वच्छ वातावरण र हरियो प्रकृति संरक्षणको संदेश सहित सम्पन्न उक्त अभियानमा सहभागिता जनाई अमूल्य योगदान पुर्याउने सम्पूर्णमा अध्यक्ष लामाले धन्यवाद ज्ञापन गरेका छन् । बुद्ध चित्त, रुद्राक्ष, स्याउ, धुपी, अमला लगायतका जातका करिब २ सय बढी विरुवाहरु राेपेका थिए । विश्व वातावरणलाई जाेगाउनका निमित्त वृक्षरोपण अपरिहार्य रहेको छ । यस बखतमा न्यु रेकीले गरेको कार्यक्रम एक उदाहरणीय बनेको देखिन्छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





