सबैभन्दा ठुलो छ्याेर्तेन नुवाकोटमा बन्ने, आर्थिक सहायताकाे लागि अपिल
काठमाडौ : रसुवा नुवाकोट र धादिङ जिल्लाकै सबैभन्दा अग्लो छ्याेर्तेन नुवाकोटको दुप्चेश्वर गाउँपालिका २ ढाडे बाेलगाउँमा बन्ने भएको छ । बाैद्ध परम्परा अनुसार महत्त्वपूर्ण धार्मिक स्थलका रुपमा मानिने छ्याेर्तेन तीन जिल्लाकै सबैभन्दा ठुलो आकारमा निर्माण गरिने भएको छ ।
“बाेलगाउँ ज्याेङछ्युब छ्याेर्तेन” नामकाे बाैद्ध स्तुपा निर्माण गर्न स्थानीयहरु लागि परेका छन् । अनुमानित दुई कराेडकाे लगानीमा बन्ने उक्त छ्याेर्तेनकाे लागि प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङ र प्रदेश सभा सदस्य राधिका तामाङकाे पहलमा संघीय सरकारबाट आर्थिक वर्ष ०८१/०८२ मा ४५ लाख बजेट बिनियाेजित भएको थियोे भने स्थानीय सरकार दुप्चेश्वर गाउँपालिकाबाट आर्थिक वर्ष ०८२/०८३ मा १५ लाख बजेट छुट्याइएको उपराेक्ता समितिले बताएको छ । उपभोक्त समिति एवम् निर्माण समितिमा अध्यक्ष गाेपिराम तामाङ , सचिवमा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटकाे निवर्तमान अध्यक्ष कलाकार बिकी लाे लामा, काेषाध्यक्षमा सर्मिला तामाङ, सल्लाहकारमा दुप्चेश्वर गाउपालिका वडा २ का वडा अध्यक्ष बिरबल तामाङ र सहयोग समन्वयमा तेज बहादुर तामाङ, सागर तामाङ लगायतका समूह रहेका छन् ।
छ्याेर्तेन निर्माणका लागि हालसम्म संघीय सरकार र स्थानीय सरकारबाट ६० लाख मात्र बजेट छुट्टिएकाेले थप लगानी भने जन सहयोग संकलनबाट जम्मा गर्ने लक्ष्य सहित अार्थिक सहयोगका लागि अपिल पनि गरेका छन् । दुई कराेड माथीकाे लगानी लाग्ने भएको कारण सहयोग संकलन गरेरै निर्माण गरिने बताइएको छ । छ्याेर्तेन बाैद्धधर्मलम्बीकाे लागि मात्र नभएर सिंगो जिल्लाकाे गरिमा र पर्यटकीय स्थलका रुपमा पनि रहने निर्माण समितिका सचिव बिकी लाे लामाले जानकारी दिएका छन् ।
स्वदेश तथा विदेशमा रहनु भएको नेपाली दाजुभाइ दिदिबहिनीहरुले उक्त गाैरवकाे याेजनामा आर्थिक सहयोग गरि साथ दिन समेत अनुरोध गरेका छन् । उनले भनेका छन् इच्छुक सहयोगी हातहरु हुनुहुन्छ भने 9764629009 र 9849136451 मा सिधा सम्पर्क अथवा Bolgau Jyangchhyub Chyorten-Nuwakot फेसबुक फेजमा थप जानकारी लिन सकिने बताएको छ । याेजना सम्पन्नता लागि हालसम्म सरकारबाट छुट्याइएको बजेट बाहेक करिब एक कराेड पचास लाख अपुग देखिन्छ यसर्थ अार्थिक सहयोग ठुलो परिणाममा जम्मा गर्न चुनाैती रहेकाे कुरा सचिव लामाले बताएका छन् । बाेलगाउँ ज्याेङछ्युब छ्याेर्तेन उपराेक्ता समितिकाे बैक खाता QR सार्वजनिक गर्ने र इच्छुकले साेही QRकाे माध्यमबाट बैक खातामा अार्थिक सहयोग जम्मा गर्न सकिने जानकारी दिएका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





