सबैभन्दा ठुलो छ्याेर्तेन नुवाकोटमा बन्ने, आर्थिक सहायताकाे लागि अपिल

२०८२ श्रावण २२ गते, बिहीबार

काठमाडौ : रसुवा नुवाकोट र धादिङ जिल्लाकै सबैभन्दा अग्लो छ्याेर्तेन नुवाकोटको दुप्चेश्वर गाउँपालिका २ ढाडे बाेलगाउँमा बन्ने भएको छ । बाैद्ध परम्परा अनुसार महत्त्वपूर्ण धार्मिक स्थलका रुपमा मानिने छ्याेर्तेन तीन जिल्लाकै सबैभन्दा ठुलो आकारमा निर्माण गरिने भएको छ ।

“बाेलगाउँ ज्याेङछ्युब छ्याेर्तेन” नामकाे बाैद्ध स्तुपा निर्माण गर्न स्थानीयहरु लागि परेका छन् । अनुमानित दुई कराेडकाे लगानीमा बन्ने उक्त छ्याेर्तेनकाे लागि प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङ र प्रदेश सभा सदस्य राधिका तामाङकाे पहलमा संघीय सरकारबाट आर्थिक वर्ष ०८१/०८२ मा ४५ लाख बजेट बिनियाेजित भएको थियोे भने स्थानीय सरकार दुप्चेश्वर गाउँपालिकाबाट आर्थिक वर्ष ०८२/०८३ मा १५ लाख बजेट छुट्याइएको उपराेक्ता समितिले बताएको छ । उपभोक्त समिति एवम् निर्माण समितिमा अध्यक्ष गाेपिराम तामाङ , सचिवमा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटकाे निवर्तमान अध्यक्ष कलाकार बिकी लाे लामा, काेषाध्यक्षमा सर्मिला तामाङ, सल्लाहकारमा दुप्चेश्वर गाउपालिका वडा २ का वडा अध्यक्ष बिरबल तामाङ र सहयोग समन्वयमा तेज बहादुर तामाङ, सागर तामाङ लगायतका समूह रहेका छन् ।

छ्याेर्तेन निर्माणका लागि हालसम्म संघीय सरकार र स्थानीय सरकारबाट ६० लाख मात्र बजेट छुट्टिएकाेले थप लगानी भने जन सहयोग संकलनबाट जम्मा गर्ने लक्ष्य सहित अार्थिक सहयोगका लागि अपिल पनि गरेका छन् । दुई कराेड माथीकाे लगानी लाग्ने भएको कारण सहयोग संकलन गरेरै निर्माण गरिने बताइएको छ । छ्याेर्तेन बाैद्धधर्मलम्बीकाे लागि मात्र नभएर सिंगो जिल्लाकाे गरिमा र पर्यटकीय स्थलका रुपमा पनि रहने निर्माण समितिका सचिव बिकी लाे लामाले जानकारी दिएका छन् ।

स्वदेश तथा विदेशमा रहनु भएको नेपाली दाजुभाइ दिदिबहिनीहरुले उक्त गाैरवकाे याेजनामा आर्थिक सहयोग गरि साथ दिन समेत अनुरोध गरेका छन् । उनले भनेका छन् इच्छुक सहयोगी हातहरु हुनुहुन्छ भने 9764629009 र 9849136451 मा सिधा सम्पर्क अथवा Bolgau Jyangchhyub Chyorten-Nuwakot फेसबुक फेजमा थप जानकारी लिन सकिने बताएको छ । याेजना सम्पन्नता लागि हालसम्म सरकारबाट छुट्याइएको बजेट बाहेक करिब एक कराेड पचास लाख अपुग देखिन्छ यसर्थ अार्थिक सहयोग ठुलो परिणाममा जम्मा गर्न चुनाैती रहेकाे कुरा सचिव लामाले बताएका छन् । बाेलगाउँ ज्याेङछ्युब छ्याेर्तेन उपराेक्ता समितिकाे बैक खाता QR सार्वजनिक गर्ने र इच्छुकले साेही QRकाे माध्यमबाट बैक खातामा अार्थिक सहयोग जम्मा गर्न सकिने जानकारी दिएका छन् ।

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal