बिनिताको नयाँ तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक

२०८२ श्रावण १३ गते, मंगलवार

काठमाडौं । हिन्दू नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नयाँ तीज गीत सार्वजनिक गरिएको छ । नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको हो ।
सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको यस गीतमा बिनिता खनालको शब्द रहेको छ भने संगीत संयोजन चर्चित संगीतकार तारा प्रकाश लिम्बुले गरेका छन् । गीतमा अहिलेका चर्चित तथा लोकप्रिय गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ ।

गीतको भिडियो पक्षमा पनि सशक्त टीम देखिएको छ । भिडियोमा लोकप्रिय मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन् । जहाँ उनीहरू छमछमी नाच्दै आमाले दर बनाएर तीज मनाइरहेको क्षण सम्झिरहेका छन् ।

शान थापाको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा राजिव सम्मरको कोरियोग्राफी, अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ । रचनाकार बिनिता खनालको यसअघि पनि थुप्रै लोक–आधारित गीतहरू सार्वजनिक भइसकेका छन् । विशेषगरी उहाँको ‘पदमबिनी’ नामक एल्बमले दर्शक–स्रोतामाझ राम्रो लोकप्रियता बटुलिसकेको छ ।

यस वर्षको तीजमा हर्ष, उमंग र संस्कृतिमा रम्न सांस्कृतिक चाड तीजलाई अझ उल्लासमय बनाउन ‘दर बनाइराछिन् आमा’ तयार गरिएको निर्माणपक्षको भनाइ छ ।

110 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal