एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न

२०८२ जेष्ठ १७ गते, शनिबार

काठमाडौं । लोकतान्त्रिक मूल्य र मान्यतालाई पूर्ण रुपमा अङ्गीकार गरी स्वच्छ मर्यादित चुनावी अभ्यासको संवर्द्धनलाई प्राथमिकतामा राख्दै भक्तपुर(२, मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न गरिएको छ। भानु, लक्ष्मी, लेखनाथ र मोति चार सदनका क्याप्टेन तथा भाइस क्याप्टेन चयनका लागि गरिएको यस निर्वाचनले राष्ट्रिय निर्वाचनको झल्को दिएको थियो।

लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना र सहकार्यको संस्कृति विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस निर्वाचनमा कक्षा ७ देखि १० सम्मका ४६८ विद्यार्थीहरू मतदाताको रूपमा सहभागी भएका थिए। उम्मेदवारहरूको नाम दर्ता, चुनाव चिन्ह वितरण, र प्रचारप्रसारदेखि मतगणना आदि प्रक्रियाहरू विधिवत तथा औपचारिक ढङ्गले अघि बढाइएको थियो।

चुनावी प्रचार प्रसारमा उम्मेदवार तथा सदनात्मक सदस्यहरुको उत्साहपूर्ण सहभागिता देखिएको थियो। मतदाता शिक्षाको रूपमा मतदान प्रक्रिया, मत बदर हुन सक्ने अवस्था, आचारसंहिता र स्वस्थ प्रतिस्पर्धाको महत्वबारे विद्यार्थीहरूलाई पूर्व(अभिमुखीकरणसमेत प्रदान गरिएको थियो।

निर्वाचन व्यवस्थापनमा पनि विद्यार्थीहरूले नै प्रमुख निर्वाचन आयुक्त, मतदान अधिकृत, पर्यवेक्षक, सुरक्षाकर्मी लगायतका सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले नै बहन गरेका थिए। मतदान हुने अघिल्लो दिन नै मतदाता परिचयपत्र वितरण गरिएको थियो।

बिहान ११ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा सम्पन्न भएको थियो। मतदान पश्चात् मतपेटिका सिलबन्दी गरी विद्यालयका प्रधानाध्यापक, प्रशासकीय प्रमुख, सहायक प्रधानाध्यापक, पर्यवेक्षक तथा उम्मेदवार प्रतिनिधिको रोहवरमा मतगणना गरिएको थियो। यस निर्वाचनमा आठ पदका लागि २१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।
निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रमाणपत्रसहित बधाई तथा सम्मान प्रदान गर्नुभयो। उनीहरूले विद्यालयको मूल्य, मान्यता र अनुशासनको रक्षा गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने सफथ लिए।

विद्यालयमा गरिएको यो चुनावी अभ्यासले विद्यार्थीहरूमा नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।
निर्वाचन कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा संयोजन कार्यमा माध्यमिक तह संयोजक निरण मानन्धर लगायत सामाजिक अध्ययन विभागका सम्पूर्ण शिक्षकहरुको सक्रिय सहभागीता रहेको थियो।

119 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal