विद्योदय आवि वाखेतमा भित्ते पत्रिका प्रकाशन सुरू, विशेष विद्यार्थी प्याकेज ल्याइने
म्याग्दी । विद्यार्थीहरुलाई सुसूचित र सिर्जनशिल बनाउने उद्देश्यले विद्योदय बाल क्लबले ‘दि भ्वाइस अफ विद्योदय’ नामक मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेको छ ।
बेनी नगरपालिका १०, वाखेतमा अवस्थित विद्योदय आधारभूत विद्यालयमा गठित नव गठित क्लबको पहलमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पत्रिका प्रकाशन भएको छ । विद्यार्थीहरुले ड्रईङ पेपरमा हातैले लेखेर बुधबारदेखि समाचार र साहित्यमूलक मासिक भित्ते पत्रिका प्रकाशनमा ल्याएका हुन् । पत्रिकाको बुधबार विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले सम्पादकीय वाचन गरी उद्घाटन गर्नुभयो ।
सामुदाय विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आर्कषण वृद्धि गर्न, विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्दै रचनात्मक क्रियाकलापमा प्रोत्साहित गर्ने उद्धेश्यले मासिक भित्ते पत्रिका प्रकाशन सुरु गरिएको प्रधानाध्यापक प्रकाश अधिकारीले बताउनुभयो । पोखराको माछापुच्छ्रे एफएमका पूर्व स्टेशन म्यानेजर तथा सारङ्गी न्युजका सम्पादक समेत रहेका अधिकारीले विद्यार्थीहरुको पहिलो प्रयास नै उत्कृष्ट भएको बताउँदै आगामी अंकहरु अझै परिष्कृत र परिमार्जित गर्दै लैजान आग्रह गर्नुभयो । उहाँले संस्कारयुक्त गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरुको चौतर्फी विकासकालागि विद्यालयले विशेष कार्यक्रम प्याकेज ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका सूचना अधिकारी तथा शिक्षक अमृता जिसी रोकाको सहजीकरणमा विद्यार्थीहरुले भित्ते पत्रिका प्रकाशन सुरु गरेका हुन् । भित्ते पत्रिकाको सम्पादकमा सोफिया पाइजा र सह–सम्पादकमा रेविका रोका रहेका छन् । यस्तै, प्रअ प्रकाश अधिकारी संरक्षक तथा शिक्षक अमृता जिसी रोका संयोजक रहनुभएको छ । पत्रिका प्रकाशनले विद्यालयमा अध्ययनरत करिब ७५ जना बालबालिकाको प्रतिभा उजागर गर्नमा टेवा पुग्ने संयोजक अमृता जिसी रोकाले बताउनु भयो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





