आफूलाई कारबाही गरेर देखाउन देउवालाई शेखरको चुनौती
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधि र अभिव्यक्तिबारे आपत्ति जनाएका छन् ।
आज विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठकमाडौं एमालेको कब्जामा हुनुपर्छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नेता कोइरालाले प्रधानमन्त्री ओलीले जे–जे गर्दै गएपनि कांग्रेसले छुट दिँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे–जे गरे पनि कांग्रेसले छुट दिँदै जाने रु’ प्रश्न गर्दै उनले भने ।
नेता कोइरालाले पधानमन्त्री एउटा व्यक्ति नभएर संस्था भएकाले पदमा बसेको मान्छेले बोल्दाखेरी विचार पुर्याउन आवश्यक रहेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठकमा बसेको पदाधिकारी बैठकमा देश बनाउने विषयमा कुरा नभएर आफ्नो बारेमा कुरा काटेर बिताएको सुनाए ।
‘सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला । भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौँ कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला। तर कुरा त मेरै बारेमा मात्रै भएछ,’– नेता कोइरालाले भने ।
प्रधानमन्त्री र सरकारको विरुद्धमा बोलेको भन्दै कांग्रेस पदाधिकारी बैठकले नेता कोइराला, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईँलाई स्पष्टीकरण सोध्नुपर्ने निष्कर्ष बैठकको थियो । तर, नेता कोइरालाले आफूलाई स्पष्टीकरण सोधेर र कारबाही गरेर देखाउन सभापति देउवालाई चुनौती दिएका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





